2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरमा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु, विद्यार्थीको मार्चपास आकर्षक

रामपुरमा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु, विद्यार्थीको मार्चपास आकर्षक


Sabalnews प्रकाशित मिति : शुक्रबार, माघ ५ २०८०
1.3K

विजयपुर स्थित दरैठाँटी माविको खेल मैदानमा भएको प्रतियोगिताको शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उद्घाटन गर्नुहुदै स्वास्थ्य संगै शिक्षाका लागि खेलकुदले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले व्यवहार र खानपानको कारण बालकदेखि वृद्ध सम्मलाई व्यायमको महत्व रहेको उल्लेख गर्दै खेलकुदले शारीरिक व्यायम बारे सचेतना जगाउने बताउनुभयो । श्रेष्ठले खेलकुद समाज र राष्ट्रलाई चिनाउने माध्यम बनेको बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रतियोगिताले प्रतिस्पर्धा मात्र नभै सिक्ने अवसर प्रदान गर्ने बताउनुभयो । यस वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड रामपुर मै सञ्चालन गर्नको लागि नगरले आग्रह गरेको र रामपुरमै प्रतियोगिता भएमा जिल्लाको सबै खेलाडीको दुर्घटना वीमाको व्यवस्था नगरपालिकाले गर्ने प्रतिवद्धता जनाउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले खेलले विद्यार्थीहरुमा धैर्यता संगै थप उर्जा दिने बताउनुभयो । रामपुर नगपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले सफलता प्राप्त गर्न अनुशासन महत्वपूर्ण हुने भन्दै खेलले अनुशासन र एकताको संदेश प्रवाह गर्ने बताउनुभयो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी र तेक्वान्डो अन्र्तगतका विभिन्न खेलहरुमा नगर भित्रका १७ सामुदायिक र ४ संस्थागत गरी २१ विद्यालयका छात्रछात्राले प्रतिस्पर्धा गर्दैछन् । स्थानीयस्तरमा रहेका खेल प्रतिभालाई उजागर र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता माघ ७ गतेसम्म सञ्चालन हुने दरैठाँटी माविका प्रधानाध्यापक एवं स्थानिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका सदस्य सचिव सुन्दर प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

उद्घाटनको अवसरमा २१ विद्यालयले मार्चपास गरेका थिए । पन्चेबाजा, स्काउट ग्रुप सहित विद्यालयको झण्डा लिएर मार्चपासमा विद्यार्थी सहभागी थिए । निकै व्यबस्थित तरिकाले आयोजित मार्चपासमा उत्कृष्ट विद्यालयले पुरस्कार प्राप्त गर्नेछ ।

नगर शिक्षा अधिकृत विकल काफ्लेका अनुसार तीन वटा संस्करणको उपाधी जित्दै रामतुलसी माविले रनिङ्ग शिल्ड जितेको र यस वर्षबाट नयाँ रनिङ्ग शिल्डको लागि प्रतिस्पर्धा हुने बताउनुभयो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम, शिक्षा शाखा अधिकृत विकल काफ्लेको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन स्थानिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन समिति सदस्य दिपेन्द्र भट्टराई र राधिका केसीले गर्नु भएको हो ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com