2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीमा पाचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्धा सरस्वती माविलाई

निस्दीमा पाचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्धा सरस्वती माविलाई


Sabalnews प्रकाशित मिति : शनिबार, पौस २८ २०८०
2K

पाल्पा ।

निस्दी गाउँपालिका पाल्पामा संचालित पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय निस्दी-५,गल्धाको कठैडाँडाले हात पारेको छ ।

निस्दी खेल मैदान झ्याल्टुङ्गमा सन्चालन भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य आचार्यले खेलकुदको माध्यमबाट आफ्नो गाउँ-ठाउँ र रास्ट्रको लागि योगदान पुर्‍याएको चर्चा गर्नुभएको थियो । उहाँले खेलकुदले अनुशासित हुन र सामूहिक कार्य गर्न सिकाएको बताउनुभयो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सरस्वती माविले ५ स्वर्ण,५ रजत प्राप्त गर्न सफल भयो । त्यसैगरी दोस्रो स्थानमा रहेको जनता माध्यमिक विद्यालय निस्दी-५ ढुंगानाबेसीले ५ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्न सफल भयो । त्यसैगरी राधाकृष्ण माध्यमिक विद्यालय निस्दी-१,बाकामलाङ्गले ३ स्वर्ण र ४ कास्य सहित तेस्रो स्थान प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । छात्र १० र छात्रा १० विधा गरि जम्मा २० विधा समाबेश रहेको प्रतियोगितामा निस्दीका १२ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।
पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको सन्चालन सचिब केश बहादुर सुनारीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com