2

Logo २०८३ बैशाख १५ मंगलबार
दाङ बस दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

दाङ बस दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो


Sabalnews प्रकाशित मिति : शनिबार, पौस २८ २०८०
1.6K

दाङ ।

दाङको भालुवाङमा बस पल्टिँदा ज्यान गुमाएका १२ जनामध्ये ८ जनाको परिचय खुलेको छ ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार परिचय खुल्नेहरुमा मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाण्डौको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेका छन् ।

अरु चार जनाको अहिलेसम्म परिचय खुलेको छैन । शवलाई लमहीको लमही अस्पतालमा राखिएको छ । नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रि बस गएराति भालुवाङको राप्ती पुलबाट खसेको थियो । बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये ८ जनाको बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

अरु घाइतेको बुटवल र भालुवाङमा उपचार  भैरहेको छ । बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण खुलिसकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com