2

Logo २०८३ बैशाख १५ मंगलबार
भालुवाङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

भालुवाङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो


Sabalnews प्रकाशित मिति : शनिबार, पौस २८ २०८०
827

दाङ भालुवाङ ।

दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन । शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । २३ जनालाई उपचारकालागि बुटवल र नेपालगञ्ज पठाउने तयारी छ ।
शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो । अहिले प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका छन् । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घाइतेहरुको नाम
१.काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे , बाँया हातमा चोट
२.काठमाडौं कालीमाटी बस्ने मन्जु शर्मा, बर्ष ३८, आँखामा चोट, मध्यम
३.बाँके, निरञ्जन कोरी, बर्ष २०, बाँयाँ हात र ओठमा सामान्य चोट
४. बाँकेको नेपालगञ्ज बस्ने बर्ष २४ को आशतोष गौतम बाँया हातमा चोट, हाम फालेर बाँच्न सफल
५.रौतहट बस्ने २६ बर्षीय संजय कार्की, निधारमा र आँखामा चोट
६.बाँकेको कोहलपुर बस्ने बर्ष २१ को धनबहादुर पुन मगर, खुट्टा, हात र कम्मरमा चोट
७.भारत बस्ने २० बर्षीय छोटी सिलौटा, सिरियस
८.बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट
९.जुम्लाका १९ बर्षीय विशाल बोहरा, मुखमा चोट
१०. बाँकेका १८ बर्षीय दशरथ विक, हात,खुट्टा र निधारमा चोट
११.बाँकेका १९ बर्षीय नफिज खान, ढाड र कोखामा चोट
१२.डोल्पाका ३५ बर्षीया धनकली बुढा, मुखमा चोट
१३.बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर
१४. समिर नेपाली, चालक
१५. काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, ढाडमा चोट
१६.बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वली, खुट्टामा चोट
१७.बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, ढाडमा चोक, मध्यम
१८. बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, खलासी, दाहिने हातमा चोट
१९. भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर, दाहिने हात भाच्चिएको

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com