पाल्पा जेसिस अर्जुन कार्कीको नेतृत्वमा
पाल्पा ।
सामाजिक व्यक्तित्व, युवा नेतृत्व जेसीज अर्जुन कार्कीको अध्यक्षतामा पाल्पा जेसीजको नयाँ समिति चयन भएको छ । वर्ष २०२४ का लागि कार्कीको अध्यक्षमा नयाँ समिति चयन भएको हो ।
समिति चयनसँगै जेसीजको ४३ औं पद हस्तान्तरण भएको छ । वर्ष २०२३ का अध्यक्ष सुनिलकुमार बस्यालले वर्ष २०२४ का अध्यक्ष कार्कीलाई पद हस्तान्तरण गर्नुभयो । अध्यक्ष कार्की सहित जेसीजका १६ जना पदाधिकारीहरुले पनि पदभार ग्रहण गर्नुभएको छ ।
पाल्पाको तानसेनमा भएको एक कार्यक्रममा २०२३ को समितिले २०२४ का नयाँ समितिलाई पद हस्तान्तरण गर्नुभयो । सन् २०२४ का लागि निवर्तमान अध्यक्ष सुनिल कुमार बस्याल, कानुनी सल्लाहाकार विवेककाजी शाक्य, का.का उपाध्यक्ष गणेश पन्थी, का.का उपाध्यक्ष महेश खनाल, महासचिवमा विजय कार्की, कोषाध्यक्ष करन चित्रकार, उपाध्यक्षहरु सतिशराज शाक्य, विक्रम सिंह, कला दाहाल, मुकेश जिसी, सह–सचिवमा सुमन बस्याल, शाखा सम्पादक प्रकाश कार्की, प्रकरण निर्देशक प्रियंकर मुनी शाक्य, जनसम्पर्क अधिकारीमा निजाम दिन मिया, तालिम संयोजकमा बालकृष्ण बस्याल चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक धिरज बज्राचार्यले जानकारी दिनुभयो ।
पद ग्रहण गरेसँगै नवनियुक्त अध्यक्ष कार्कीले पाल्पा जेसीजले वर्ष २०२४ का लागि युवा लक्षित कार्यक्रममा केन्द्रीत भई कार्य inspire youth प्रकरण (Theme) लाई सार्थक पार्न स्थानीय, प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढ्ने बताउनुभयो । युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट योजनाको साथ काम गर्ने हो कार्कीले भन्नुभयो । अध्यक्ष कार्कीले युवाहरूको साथ लिएर समाज, राष्ट्रको विकास र जेसीजको नयाँ उचाइलाई थप सशक्त पार्दै इँट्टा थप्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले नयाँ समितिलाई बधाई दिदै समाज र मुलुकमा देखिएका विकृति, विसंगतिका विरुद्ध सशक्त ढंगले लाग्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, नेपाल जेसीजका वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटा, जेसीज पाल्पाका संस्थापक अध्यक्ष छत्रराज शाक्य, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा जेसीज वर्ष २०१२ का राष्ट्रिय उपाध्यक्ष शैलेन्द्र भट्टराई लगायतले समाज र राष्ट्रको विकासका लागि युवाहरु एक भएर अगाडि बढ्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभएको हो ।