2

Logo २०८३ बैशाख १३ आइतबार
बेथिति विरुद्ध सदैव लाग्नेछौ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने

बेथिति विरुद्ध सदैव लाग्नेछौ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २२ २०८०
967

पाल्पा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा बेथितिले सिमा नाघेको बताउनुभएको छ । जनताले दुःख र पिडा भोग्नुपर्ने, अन्याय अत्याचार सहनुपर्ने, विदेशिन बाध्य पारिने तर देश एकै किसिमले नेताहरुले चलाइरहने परिपार्टीले देश विकास र जनताको सुखको दिन नआएको बताउनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभालाई शनिबार पाल्पाको रामपुरमा सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी कल्पनाको ४ महिनामै दरिलो जिम्मेवारी सहित संसदमा प्रस्तुत भएकाले अब देशका लागि जनताका लागि लाग्नुपर्ने संकल्प सहित देश र जनताको पक्षमा उभिएको बताउनुभयो । देशको अर्थतन्त्र सकाएर देश टाट पल्टाएर युवालाई विदेशिन बाध्य पार्ने क्रम रोक्न राष्ट्रिय स्वतन्त्र पार्टी आएको सभापति लामिछानेले बताउनुभयो । अबको राजनिति दुःख नेताले गरेर सुख जनताले भोग्ने बनाउने हो लामिछानेले भन्नुभयो– ‘जनताले धेरै दुःख गरेका छन् यो र त्यो वाद र तन्त्र ल्याएका छन्, व्यवस्था र वाद फेरेर मात्र होईन निति र थिति फेर्नु आवश्यक छ ’।

पुर्व गृहमन्त्री समेत रहनुभएका रास्वपा सभापति लामिछानेले व्यक्तिगत रुपमा राज्य नै मलाई हराउन लाग्यो व्यक्तिगत मुद्धा लागोस् त्यसमा लड्दै गरौला तर नेपाली जनताले अब हार्नुहुदैन, विश्व समुदायले चन्द्रमामा पुग्ने कुरा गर्दा अझ पनि हामी स्वास्थ्य देउ, शिक्षा देउ, पानी धारा र सिंचाई देऊ भन्नुपरेको छ यही अबस्था फेर्न हामी आएका हौं उहाँले थन्नुभयो–एकपटक मौका दिनुस् काम गर्न सकेनौ भने फेरि तपाईसँग माग्न आउने छैनौं ।

देशमा बेथिति र फोहोरको डंगुर धेरै भएको उल्लेख गर्दै लामिछानेले एकै साथ फाल्न स्वतन्त्रका २१ उपस्थितिले नपुग्ने भएकाले अबको निर्वाचनमा जिताएर सुसंस्कृत र निति र थिति भएको राज्य स्थापना गर्न एकपटक मत दिन आग्रह समेत गर्नुभयो । उहाँले अब मत परिवर्तन गरिएन भने देश परिवर्तन नहुने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई अवसर दिन आग्रह गर्नुभएको हो । जनतालाई दुःख दिएर कुनै पनि आन्दोलन गर्ने पक्षमा पार्टी नरहेको बताउदै गठबन्धनको आलोपालो नेतृत्व मात्रै होइन महागठबन्धन भएमा देश थप खाडलमा पुग्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा संघीय सांसद सुमना श्रेष्ठले युवाहरुले शिक्षालाई चासो दिएर पठनपाठनमा सहयोग, स्वास्थ्यजस्तो संवेदनशील कुरामा हुने लापरबाही ढिलासुस्ती र प्रत्येक पालिका वडामा हुने बजेटको रातो किताब कोट्याएर हिसाब किताब माग्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले संसदमा दफा ६४ राष्ट्रघाती कानुन आएको बताउदै राजनितिको आडमा चोर गुण्डा हत्या गर्नेलाई संरक्षण गर्ने, छुटाउने गरि ल्याइएको कानुन विरुद्ध जनताको साथमा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै लाग्ने बताउनुभयो ।

केन्द्रिय सदस्य अर्जुन अधिकारीले गलत नेतृत्व कै कारण पुरानो परिपार्टीका कारण देशको अवस्था खस्किदै गएको भन्दै एकपटक अवसर दिन आग्रह गर्नुभयो । केन्द्रिय सदस्य इश्रामुल्ला मियाले सुशासन नहुँदासम्म भ्रष्ट्राचार भइरहने हुँदा त्यसबिरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिवद्ध भएर लागेको बताउनुभयो । प्रधानमन्त्री बन्ने दाउमा हिडिराख्ने देश बनाउन नलाग्ने ठुला नेताहरुले देश बिगारेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेलले लुम्बिनीमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति बाक्लिदै गएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका संयोजक विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा भएको पाल्पा खुला सभा रामपुर नगर सभापति अर्जुन श्रेष्ठको स्वागत र पाल्पा उपसंयोजक सुमन गैरेको सञ्चालनमा भएको हो ।

रामपुर नगरपालिका कार्यालय प्राङण खुला मैदानमा भएको कार्यक्रममा पाल्पा सहित छिमेकी स्याङजा, तनहुँ, नवलपुर र बुटवलदेखि नागरिक स्वतन्त्र पार्टीका सभापति लामिछानेको उपस्थितिको कार्यक्रममा पुगेका थिए । गत कात्र्तिक १८ गते रामपुरमा खुला सभा गर्ने तयारी भइरहदा १७ गते राती जाजरकोटमा भुकम्प गएपछि पाल्पा आइपुगेका सभापति लामिछाने सहितको टिम कार्यक्रम स्थगित गरि भुकम्प पिडित जाजरकोट पुगेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com