2

Logo २०८३ बैशाख १३ आइतबार
अर्थमन्त्री डा.प्रकाशशरण महत शुक्रवार पाल्पा रामपुर आउनुहुदै

अर्थमन्त्री डा.प्रकाशशरण महत शुक्रवार पाल्पा रामपुर आउनुहुदै


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस १९ २०८०
897

पाल्पा ।

नेपाल सरकारका अर्थमन्त्री माननीय डा. प्रकाशशरण महत  शुक्रबार पाल्पाको रामपुर आउनुहुने भएको छ ।

लुम्बिनी प्रदेशमा उत्कृष्ट रहेको रामपुरको अन्धकारमुक्ति बचत तथा क्रृण सहकारी संस्थाको २५ औं साधारण सभा तथा रजत महोत्सव समापन समारोहमा अर्थमन्त्री महत आउन लाग्नुभएको हो ।

गत शुक्रबारदेखि सेवा केन्द्र स्तरीय साधारण सभा गरेको सहकारीले पुष २० गते शुक्रबार अर्थमन्त्री महतको उपस्थितिमा बार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह मनाउदैछ । स्थापनाको २५ औं बर्ष पुगेको अबसरमा हुने रजत महोत्सबमा अर्थमन्त्री महतले सहकारीको कार्यालय परिषरमा निर्मित रजत स्तम्भ अनाबरण गर्ने र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको अन्धकार मुक्ति बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले जानकारी दिनुभयो । आर्थिक मन्दीले देश नै सिथिल भएको बेला गण्डकीबेशीमा अर्थमन्त्रीको आगमन प्रभावकारी हुने अध्यक्ष देवकोटाले बताउनुभयो ।

२०५५ सालमा २८ जना व्यक्तिबाट बचत गरेर शुरु गरेको सहकारी अहिले स्थापित मात्र नभई प्रदेशमा नै उत्कृष्ट रहेको छ । पाल्पा जिल्लाभर सेवा क्षेत्र रहेको सहकारीमा हाल १० हजार ५ सय ४७ जना शेयर सदस्य छन् । सहकारीको केन्द्रिय कार्यालय रामपुर ७ सहित विभिन्न सेवा केन्द्रबाट सेवा दिदै आएको छ ।

साथै अर्थमन्त्री डा. महत संग रामपुर नगरपालिकाको सहयोगमा रामपुर उद्योग वाणिज्य संघ र कालीगण्डकी फाउण्डेशन नेपालको आयोजनामा  “कालीगण्डकी बेशीको विकास र संभावना बिषयक अन्तरक्रिया” को आयोजना गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com