2

Logo २०८३ बैशाख १५ मंगलबार
आगोलागीबाट लाखौंको क्षति

आगोलागीबाट लाखौंको क्षति


Sabalnews प्रकाशित मिति : आइतबार, पौस १५ २०८०
456

पाल्पा ।

रामपुर नगरपालिका वडा नम्बर ८ मा आगोलागीबाट एक घरमा क्षति पुगेको छ । आईतबार दिउँसो घरमा लागेको आगोलागीले रामपुर ८, एक्लेटार खम्चुवाका राम प्रसाद न्यौपानेको घरमा क्षति भएको हो ।

मोेबाइल चार्ज गर्ने क्रममा दिउँसो साढे २ बजेको समयमा विद्युत सर्ट भई न्यौपानेको टीनले छाएको ३ तले घरमा आगोलागी भएको प्रहरीले जनाएको छ । आगोलागी बाट न्यौपानेको घर पूर्ण रुपमा क्षति भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

स्थानीयबासी, प्रहरी, जनप्रतिनिधि तथा रामपुर नगरपालिकाको दमकलको सहयोगमाआगो नियन्त्रणमा आएको हो । आगोलागीबाट घरभित्रको अन्नपात, लत्ताकपडा सहित नगद ९२ हजार र ३ तोला सुन जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगोलागी बाट २५ लाख भन्दा बढीको क्षति भएको अनुमान छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com