2

Logo २०८३ बैशाख १५ मंगलबार
विद्यालयद्धारा शिक्षकलाई मोटिभेसन कक्षा

विद्यालयद्धारा शिक्षकलाई मोटिभेसन कक्षा


दिपेन्द्र भट्टराई प्रकाशित मिति : आइतबार, पौस १५ २०८०
1.4K

पाल्पा । 

विद्यालयको संयुक्त आयोजनामा शिक्षकहरुलाई मोटिभेसन कक्षा पाल्पाको रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिकामा रहेका रामतुलसी नमुना माध्यमिक विद्यालय, दरैठाटी माध्यमिक विद्यालय र गंगा माध्यमिक विद्यालयले विद्यालय विदाको मौका छोपेर शिक्षकहरुलाई विद्यालयमा पठन सीप शैक्षिक गुणस्तर कायम र निरन्तर मुल्याकन एंव पृष्ठपोषणबाट राम्रो नतिजा निकाल्न लगावमा थप प्रेरणा दिन मोटिभेसन कक्षा सञ्चालन गरेको हो ।

पुष १४ गते शनिवार र १५ गते तमु ल्होसारको विदा पारेर २ दिनसम्म चलेको कक्षामा प्रशिक्षक सुर्दशन घिमिरे, हरिहर तिमिल्सिना र कृष्ण खतिवडाले सहजिकरण गर्दै शिक्षण सिकाई क्रियाकलाप तयारी र सकारात्मक सोचका साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो । मोटिभेसन कक्षामा ३ विद्यालयका १ सय ७० जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।

कक्षा अबधिमा विद्यार्थीको विविध पक्षमा विकास गर्न जरुरी रहेको, विद्यालय आऊ आऊँ लाग्ने बनाउन आबश्यक रहेको र सबैको अपनत्व पैदा हुने गरि हाम्रो विद्यालय भन्ने भावनाको विकास गराउन उत्प्रेरणामुलक कक्षा चलाईएको हो । आयोजक विद्यालय दरैठाटी माध्यमिक विद्यालयका प्रध्यानध्यापक सुन्दर प्रसाद देवकोटाले नयाँ पद्धति अपनाएर पठनपाठन गर्नुपर्नेमा जोड दिदै विद्यार्थीलाई सक्रिय गराएर कक्षा शिक्षण प्रभावकारी हुने बताउनुभयो । रामतुलसी माध्यमिक विद्यालयका प्रध्यानध्यापक बालकृष्ण लम्सालले प्रतिस्पर्धात्मक शैक्षिक वातावरण बन्दै गईरहेको अबस्थामा विद्यार्थीको सिकाई सँगै व्यवहारको सबलीकरण हुन आबश्यक रहेको बताउनुभयो । गंगा माध्यमिक विद्यालयका प्रध्यानध्यापक देवराज देवकोटाले पछिल्लो समय विद्यार्थीमा नैतिक शिक्षा संगै सीपमुलक शिक्षा प्रदान गर्न जरुरी रहेको औल्याउनुभयो ।

एउटा शिक्षकले कक्षा कोठामा विद्यार्थीको सम्पुर्ण पक्षको अध्ययन गरेर शिक्षक कक्षा शिक्षणमा तयार हुुनुपर्नेमा मोटिभेसन कक्षाले जोड दिएको गंगा माध्यमिक विद्यालयका सहभागी शिक्षक अनिल ढुंगानाले बताउनुभयो । शिक्षकको शिक्षण तयारी, क्रियाशिलता, विद्यार्थीमा पढ्ने बानीको विकास, अनुशासनमा तल्लिन बनाउने उपाँय, अभिभावकलाई विद्यार्थीको पढाईमा रुची बनाउने तरिका तथा सम्पुर्ण शैक्षिक अबस्थामा सहयोग पु¥याउने सरोकार राख्ने सबै पक्षको बृद्धि विकास गराउने गरि समग्र विषयमा शिक्षकहरुका लागि कक्षा चलाइएको हो ।
सहभागीले कक्षामा लिएको प्रेरणा विद्यालय र कक्षा कोठामा उपयोगमा ल्याएर राम्रो विद्यार्थी राम्रो नतिजा र राम्रो विद्यालय बनाउन प्रेरणा मिलेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com