नवदुर्गामा सहयोगीद्दारा विद्यार्थीलाई ज्याकेट र शैक्षिक सामाग्री हस्तान्तरण
पाल्पा ।
नबदुर्गा मा वि रामपुर ६ पाल्पाले न्यानो कपडा बितरण गरेको छ । जाडो मौसम भित्रिए संगै विद्यालयका जेहन्दार विद्यार्थीलाई विद्यालय सहयोगीको सहयोगमा न्यानो कपडा बितरण गरिएको हो ।
कक्षा नर्सरी देखि १० कक्षा सम्म अध्यय हुने यस विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई ज्याकेट बितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले विद्यार्थीको पढाइ हौसलामा यो सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो । सबै विद्यार्थीलाई ज्याकेट सुइटर यो मौसममा आवश्यक पर्छ विद्यालयलाई माया गर्ने अभिभावक तथा समुदायका युवाको पहलमा विद्यार्थीलाई सहयोग स्वरुप विद्यालय ज्याकेट जुटाउने युवालाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका कार्यपालिका सदस्य तथा वडा नं ४ का वडा सदस्य सिमादेवि थापा, वडा नं ६ का सदस्य प्रकाश कुमालले विद्यार्थीलाई गरेको सहयोग प्रति धन्यवाद दिदै लगनशील भएर पढ्न उनीहरुलाई आग्रह गर्नुभयो ।
विद्यार्थीलाई न्यानो कपडा ज्याकेट रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापा, स्काई साइन्टिफिक ट्रेडर्सका संचालक महेन्द्र अर्याल, दक्षिण कोरियामा कार्यरत सन्तोष न्यौपानेले सहयोग गर्नुभएको हो ।
कामना सेवा बिकास बैंक रामपुर शाखाका प्रमुख महेन्द्र देबकोटाले विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक अभिभाबक संघका पदाधिकारी प्रतिनिधि लगाएत शिक्षक बिध्यार्थीहरुको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रध्यानध्यापक भानुभक्त न्यौपानेले सहयोगी दातालाई धन्यवाद दिदै आगामि दिनहरुमा पनि साथ सहयोग समन्वयको निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक दिपेन्द्र भट्टराईले गर्नु भएको हो ।