रोटरी क्लब रामपुरले तेस्रो स्थापना दिवस मनायो
पाल्पा ।
पाल्पाको रामपुरमा स्थापना भएको सामाजिक संस्था रोटरी क्लब रामपुरले स्थापनाको तेस्रो बर्ष पुगेको अबसरमा चाटर्ड डे मनाएको छ ।
जिल्लाको पुर्वी भेगमा विशुद्ध सामाजिक भावनाले स्थापित रोटरी क्लबले गरेका कार्यक्रम र गर्नुपर्ने बिषयमा चर्चा गर्दै क्लबले रोटरीयन बिचमा स्थापना दिवस मनाएको हो ।

रोटरी क्लब रामपुरका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लब रामपुरका संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य राजु प्रसाद श्रेष्ठले रोटरीले रामपुरमा विविध सेवामुलक काम गरेको बताउनुभयो । सन्देशुमलक कामले रोटरी लिडर भएको छ,उहाँले भन्नुभयो– सुचनामुलक होडिङबोर्ड रोटरीले विभिन्न स्थानमा राखेपछि धेरै संस्थाले राखेका छन् । पुर्वी पाल्पामा जनस्तरमा काम गर्दै रोटरीले धेरै काम गरेको बताउदै लुम्बिनी प्रदेश सरकारबाट सहयोगको लागि निरन्तर लाग्ने बताउनुभयो ।
निवर्तमान अध्यक्ष रुद्र नारायण श्रेष्ठले रोटरीयनको हौसलाले यस क्षेत्रमा समन्वय गर्दै विभिन्न काम र सहयोग गर्न सकिएको बताउनुभयो । उहाँले जिल्ला र अन्तराष्ट्रिय क्षेत्रबाट कार्यक्रम पार्ने गरि क्लब अगाडी बढ्ने प्रयत्न गरिरहेको बताउनुभयो ।
चाटर्ड सेक्रेटरी सुर्य प्रसाद घिमिरेले बोल्दै संस्थाले विविध क्षेत्रमा भए गरेका कार्यक्रम बारे जानकारी दिनुभयो । उहाँले क्लबले कोभिडको समयमा नगरपालिका, प्हरी, पत्रकारलाई कोभिड बिरुद्धका स्वास्थ्य सामाग्री, विद्यालयमा स्टेशनरी र न्यानो कपडा, सुचना सन्देश मुलक बोड, स्वास्थ्य शिबिर सञ्चालन गरि आम नागरिकसँग पुग्ने गरि काम गरेको बताउनुभयो ।

तेस्रो बर्षको अबसरमा ३ क्याण्डिल र केक काटेर मनाइएको चाटर्ड सेरेमोनी डे मा सहभागीलाई रोटरी क्लब लुम्बिनीका गोबिन्द देवकोटाले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
रोटरी क्लब रामपुरका अध्यक्ष सागर प्रसाद देवकोटाले क्लबले केही राम्रा र नमुना काम गरेको र गर्नुपर्ने धरै काम रहेको उल्लेख गर्दै राज्यको पहुँचमा नपुगेकोलाई सहयोग गर्न र अभियानको रुपमा सामाजिक काम गर्न रोटरी अग्रसर रहेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन रोटरीयन कृष्ण प्रसाद भट्राईले गर्नुभएको थियो । स्थापना दिवस रामपुर क्षेत्रका रोटरीयनहरुको सहभागिता रहेको थियो ।




