पुस्तकालय व्यवस्थापनमा ओकेबाजीको रकम सहयोग
पाल्पा ।
पाल्पामा रहेर सामाजिक सेवामा सक्रिय जापानिज नागरिक ओकेबाजेले यहाँको एक विद्यालयको पुस्तकालय व्यवस्थापनका लागि नगद सहयोग गर्नुभएको छ ।
रामपुर नगरपालिका ३ मा रहेको जनविकास माध्यमिक विद्यालयको पुस्तकालयमा आवश्यक पर्ने फर्निचरका सामग्री व्यवस्थापनको लागि काजुमासा काकिमी ओकबाजेले नगद १ लाख सहयोग गर्नुभएको हो । विद्यालयमा नै पुगेर ओकेबाजेले विद्यालयका प्रध्यानध्यापक पशुपति खनाललाई रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
विद्यालयमा पठन सीप विकास तथा गुणस्तर विकासका लागि ओकेबाजेले पुस्तकालयको फर्निचरको लागि सहयोग गर्नुभएको हो । लामो समय नेपालमा रहेर शिक्षा, स्वास्थ्य, सञ्चार, असहाय तथा गरिव जेहन्दार नेपालीलाई सहयोग गर्दै आउनुभएका ओकेबाजेले शिक्षाले चेतनाको विकास गर्ने भएकाले चौतर्फी विकासको लागि शैक्षिक क्षेत्रलाई जोड दिएको बताउनुभयो । उहाँले साना साना बालबालिकाको शैक्षिक गुणस्तरमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रध्यानध्यापक खनालले रकमको सदुपयोग गर्दै पुस्तकालयलाई चुस्तदुरुस्त बनाउने बताउनुभयो ।