2

Logo २०८३ बैशाख १३ आइतबार
काङ्ग्रेस नेता बालकृष्ण खाण ३० लाख धरौटीमा रिहा

काङ्ग्रेस नेता बालकृष्ण खाण ३० लाख धरौटीमा रिहा


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर २८ २०८०
561

काठमाडौँ ।

कांग्रेस नेता बालकृष्ण खाँण ३० लाख रुपैयाँ धरौटीमा रिहा हुनुुुभएको छ ।

पाटन उच्च अदालतले खाँणलाई ३० लाख धरौटीमा रिहा गर्ने फैसला बिहीबार गरेको हो। न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गर्ने फैसला गरेको हो।

उनको यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको छ।

यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए ।

खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com