2

Logo २०८३ बैशाख १४ सोमबार
महिलाहरुलाई उद्घोषण तथा नेतृत्व विकास तालिम

महिलाहरुलाई उद्घोषण तथा नेतृत्व विकास तालिम


Sabalnews प्रकाशित मिति : सोमबार, मंसिर २५ २०८०
855

पाल्पा

महिलाहरुलाई उद्घोषण तथा उनीहरुमा नेतृत्व विकास गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ५ मा तालिम शुरु भएको छ ।

वडाका महिलाहरुलाई ज्ञानसिप सिकाउने उद्देश्यले वडा कार्यालयको आर्थिक सहयोग र महिला समन्वय समिति तथा आदिवासी जनजाति समन्वय समितिको संयुक्त आयोजनामा तालिम चलेको हो ।

तालिमको उद्घाटन गर्नुहुदै रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले तालिमले बैठक बस्न, उठेर बोल्न, आफुहरुले गरेका कामको रेकर्ड राख्न र योजनाको काम गर्न सक्ने र जिज्ञासु बनाउने गरि तालिम सिक्न आग्रह गर्नुभयो । तालिममा ध्यान दिएर ज्ञान र सीप विकास गरि कार्यान्वयनमा लैजान सबै सहभागीलाई अनुरोध गर्नुभयो ।

तालिम शुभारम्भमा रामपुर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य तथा कार्यपालिका सदस्य माँया नेपाली, वडा सदस्यहरु ईश्वरी काफ्ले, युवराज शाही, नरेन्द्र कुमार जर्घा र पुर्व वडा सदस्य तथा बेझाँड दध्रान टोल विकास समितिका संयोजक काशीनाथ रेग्मी, प्रशिक्षक रमा भण्डारीले बोल्दै महिला सहभागीता नेतृत्व विकास र अग्रसरताबारे चर्चा गर्नुभएको थियो । ५ दिनसम्म चल्ने तालिममा उद्घोषण, नेतृत्व विकास, बैठक सञ्चालन तथा लेखनबारे जानकारी गराइनेछ । तालिमको सहजीकरण पत्रकार सीता डोटेल, रमा भण्डारी, दान बहादुर हिस्की र इमानसिं रानाले गर्नुभएको छ ।

महिला समन्वय समिति वडा नम्बर ५ का अध्यक्ष सरस्वती सोमैको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चलकुमारी थापाले स्वागत गर्नुभएको थियो भने कार्यक्रम बारे प्रकाश समिति सदस्य मञ्जु भट्टले गर्नुभएको हो । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन समितिका सचिव विन्दु श्रेष्ठले गर्नुभएको हो । तालिममा रामपुर नगरपालिका वडा नम्बर ५ का ६० जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको छ । तालिम आउदो मंसिर २९ गते सकिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com