2

Logo २०८३ बैशाख १४ सोमबार
पहिरोले पुरिएर ज्यान गुमाएका डोजर चालक खड्काको परिवारलाई नगरपालिकाको सहयोग

पहिरोले पुरिएर ज्यान गुमाएका डोजर चालक खड्काको परिवारलाई नगरपालिकाको सहयोग


Sabalnews प्रकाशित मिति : सोमबार, मंसिर २५ २०८०
855

पाल्पा ।

रामपुर १० मा मोटरबाटो ममर्तको क्रममा ज्यान गुमाउन पुगेका डोजर चालक धनविर खड्काको परिवारलाई रामपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले डोजर पुरिएर ज्यान गुमाएका दाङ शान्तिनगरका धनविर खड्काको श्रीमतीलाई नगद १ लाख रुपैयाँ नगरपालिकाले हस्तान्तरण गरेको हो । रामपुर नगरपालिका वडा नं.१० को टोक्से पलेङ मोटरबाटो मर्मतको क्रममा पहिरोले डोजर पुरिदा रामपुर १० देउरालीमा रहेर डोजर चलाउदै आएका ३० बर्षिय खड्काको ज्यान गएको थियो । बर्दले जाने भित्री सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको सुख्खा पहिरोले बा २ क १९५७ नम्बर जेसीबी डोजर पुरिएको हो ।

दाङ शान्तीनगर गाँउपालिका वडा नं.१ नयाँबस्तीका खड्काकी श्रीमती पवित्रा खड्कालाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
नगरपालिका भित्रको सडक मर्मतको क्रममा ज्यान गुमाएकोमा दुख व्यक्त गर्दै रामपुर नगरपालिकाले खड्का परिवारलाई राहत र छोराछोरीको भविश्यको लागि आर्थिक सहयोग गरेको नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com