2

Logo २०८३ बैशाख १४ सोमबार
एनसेल शेयर खरिद बिक्री प्रकरणमा छानविन गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन

एनसेल शेयर खरिद बिक्री प्रकरणमा छानविन गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर २१ २०८०
400

काठमाडौं ।

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन तथा छानविन समितिका सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का सुजनकुमार काफ्ले रहनुभएको छ ।

समितिलाई एक महिनाभित्र अध्ययन तथा छानविन गरी प्रतिवेदन पेश गर्न समायवधि दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमारुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिनेलगायतका निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com