2

Logo २०८३ बैशाख १५ मंगलबार
नयाँ प्रमुख प्रशासकीय अधिकृत आएसँगै रामपुर नगरमा केही परिवर्तन

नयाँ प्रमुख प्रशासकीय अधिकृत आएसँगै रामपुर नगरमा केही परिवर्तन


Sabalnews प्रकाशित मिति : बुधबार, मंसिर २० २०८०
4.5K

पाल्पा ।

रामपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय आएसँगै नगरमा केही सकारात्मक पहल भएका छन् । गत भदौ पहिलो साता सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित सहित जनप्रतिनिधिको पहलबाट रामपुर नगरपालिकाकामा प्रशासन र सेवा प्रवाहमा सकारात्मक परिवर्तन देखिएको हो ।

लामो समय निजामति सेवामा रही नुवाकोटको बेलकोटगढी नगरपालिकाबाट सरुवा भई रामपुर नगरपालिकामा आउनुभएका पण्डितले नगरपालिकाको कार्यपालिका बैठक राष्ट्रिय गानबाट शुरु गर्नुभएको छ । नागरिकसँग नजिकबाट सेवा दिनुपर्ने स्थानिय तहले नयाँ-नयाँ योजना र सेवामा सहज गराउन प्रयत्न हुनुपर्ने बताउदै राष्ट्रप्रति उच्च सम्मान गर्दै मनोवल वृद्धिका लागि हरेक बैैैठकमा राष्ट्रिय गानबाट बैैैठक शुरुवात गरेको बताउनुभयो । उहाँले कार्यपालिका सदस्यहरु यत्रतत्र बस्नु भन्दा मर्यादापुर्वक बसाई विकासको लागि कार्यपालिका सदस्यको नाम प्लेटको व्यवस्था गरेको र यति औं बैठक भन्ने गरि मिति र पटक पनि उल्लेख गरिएको बताउनुभयो । हरेक महिनाको १० गते अपाङ्गता परिचय पत्र बितरण गरिनेछ ।

नगरका आम नागरिकलाई सेवा दिने नगरपालिका चुस्त दुरुस्त र उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिदै नगर सबैको साझा सम्पत्ति भएकोले यसको रेखदेख महत्वपुर्ण भएको बताउदै नगरपालिका कार्यालय सुरक्षामा नगर प्रहरी जवानको व्यवस्था गरेको बताउनुभयो । हरित नगरको बिकास र हरियाली वातावरणलाई नगरले जोड दिएको छ । हरियाली र सुन्दर नगरपालिका कार्यालय परिषर निर्माण गर्ने जनाउदै कार्यालय भित्र छिर्दा हरियाली सिर्जना गर्दै जनप्रतिनिधि, कर्मचारीमा  काम गर्ने मनस्थितिमा मनोबल बढाउन भर्‍याङमा फुलको गमलाको व्यवस्था पनि गरिएको छ ।

सरकारले देशलाई संघीयतामा लगेर राज्यको सेवा गाँउ–गाउँमा पुर्‍याउने मर्म अनुरुप वडाबाटै सेवा विस्तार अन्तर्गत नगरबाट विकटका वडामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण र वडाबाटै मालपोत राजस्व बुझाउन सक्ने गरि सेवा शुरु गरेको छ ।

नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पहिलेदेखि नै मालपोत कर वडाबाटै बुझाउने गरि तयारी थालेपनि सफ्टवयर परिवर्तन हुने बिचमा आएर काम गर्न नमिल्ने र केही वडामा दक्ष कर्मचारी नहुने समस्याले शुरु गर्न सकिरहेका थिएनौं, अहिले केही वडाबाट शुरु भईसकेको छ उहाँले भन्नुभयो । यही महिनाबाट आवश्यक वडामा नयाँ कम्युटर र कर्मचारीलाई तालिम दिएर मालपोत राजश्व वडाबाटै लिनेछ ।

त्यस्तै नगरपालिकाले यस आर्थिक बर्षको पहिलो चौमासिक भत्ता नगर कार्यपालिकाको कार्यालयदेखि टाढाका वडाहरु वडा नम्बर १ र १० बाट बितरण गरेको छ । नगरको केन्द्र बेझाँडबजारमा रहेका बैंकमा जेष्ठ नागरिक, अपाङगतालाई लाइन लगाउन बढी दुःख हुने, भिडभाड हुने र टाढाबाट ल्याउन लैजान, आउन जान पनि जोखिम हुने हुँदा नगरपालिकाले वडाबाटै सेवा दिएको हो । भत्ता वितरण हुने समय बैंकमा भिडभाड हुने र बोकेर ल्याउनुपर्ने अबस्थाललाई ध्यानमा दिएर घर गाउँमा नै भत्ता बितरण लाई जोड दिएको नगरप्रमुख थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com