2

Logo २०८३ बैशाख १५ मंगलबार
भुुपुहरुको एकताबद्धले शैक्षिक प्रगतिमा इटा थपियोे–भारतीय राजदुताबास भूपू कल्याणकारी शाखाका मेजर नविन जानु

भुुपुहरुको एकताबद्धले शैक्षिक प्रगतिमा इटा थपियोे–भारतीय राजदुताबास भूपू कल्याणकारी शाखाका मेजर नविन जानु


Sabalnews प्रकाशित मिति : मंगलबार, मंसिर १९ २०८०
729

पाल्पा ।

भू.पू. सैनिक राईजिङ्ग इङ्गलिश सेकेण्डरी स्कुल रामपुर पाल्पाको गौरवमय रजत महोत्सवको उद्घाटन गर्दै भारतीय दुतावास भुतपुर्व कल्याणकारी शाखाका सहायक सैनिक सहचारी मेज नविन जानुले भारतीय भुपुहरुको बौद्धिक र शैक्षिक उन्नयनले शैक्षिक क्षेत्रमा प्रगति भएको बताउनुभएको छ ।

पाल्पाको रामपुरमा २०५५ सालमा स्थापित भू.पू. सैनिक राईजिङ्ग इङ्गलिश सेकेण्डरी स्कुलको मंगलबार रजत महोत्सवमा रजत स्तम्भ अनावरण गर्दै सहचारी जानुले नेपालको विकासमा भारतले निरन्तर सहयोग गरिरहेको र यो साथ र सहयोग भइरहने बताउनुभयो । धेरै चुनौतीलाई पार गर्दै विद्यालयले २५ वर्षको बर्षगाठ मनाउनु पाउनु गौरवको विषय रहेको उल्लेख गर्दै यसमा लाग्ने सबैलाई धन्यवाद दिनुभयो ।
सहचरी जानुले विद्यालयमा स्थापना गरिएको रजत स्तम्भ अनावरण, भूपू सैनिक रजत स्मारिका विमोचन साथै विद्यालयका संस्थापक, भवन निर्माण समिति, पुर्व प्रिन्सिपल, जेष्ठ शेयर सदस्य, उत्कृृष्ट अभिभावक एंव विद्यार्थीलाई सम्मान गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले निजि क्षेत्रबाट चलेको स्कुलले शिक्षामा महत्वपुर्ण भुमिका खेलेको र जिल्लाकै उत्कष्ट विद्यालयमा गनिएको बताउदै भूतपूर्व सैनिकहरुको यस कामकको प्रशंसा गर्नुभयो । लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले शिक्षालाई रोजगार सँग जोड्नुपर्ने बिषय औल्याउनुभयो । विद्यालयका पूर्व प्रिन्सिपल कपिल बहादुर खाँणले समयानुकुल शिक्षामा जोड दिनुपर्ने समय आएको बताउनुभयो । रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले रामपुर शैक्षिक हवको रुपमा विकास भएको र यसमा विद्यालयको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । कार्यक्रममा रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल, प्याव्सन लुम्बिनी प्रदेश उपाध्यक्ष गोविन्द प्रसाद पौडेल, प्याव्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य, विद्यालयका पूर्व प्रिन्सिपल ध्रुव पोखरेल, प्याव्सन केन्द्रिय कार्यसमितिका निवर्तमान सह–कोषाध्यक्ष मीन प्रसाद बञ्जाडे र अभिभावक पुरुषोत्तम केसीले शुभकामना सहित बिद्यालयको चर्चा गनुभएको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापक एवं प्रबन्ध निर्देशक अनेरी क्याप्टेन रोमन बहादुर रानाले भूतपूर्व सैनिकहरुको पहलमा शिक्षालाई जोड दिदै विद्यालय स्थापना गरेको बताउनुभयो । उहाँले केही भुपु र अभिभावकले ठुलो संकल्प लिएर शुरु गरेको विद्यालयले अहिले जिल्लामा राम्रो हैसियत गराउदा गर्व लागेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल गोपि सिग्देलले विद्यालयको बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । गत मंसिर १४ गतेदेखि विविध विद्यालयगत तथा नगर स्तरीय विद्यालय र शिक्षकहरु बीच भएको विविध प्रतियोगिता विजयी बिद्यार्थी र टिमलाई पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका विद्यार्थीले निर्माण गरेका सामाग्री रजत महोत्सवमा प्रर्दशनीमा राखिएको थियो भने कक्षा ९ का विद्यार्थी सक्षम बस्टाकोटीले तयार गर्नुभएको रोबट प्रदर्शन र त्यसको अभ्यास प्रर्दशन गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको रजत महोत्सवमा विद्यार्थीहरुले गीत र नृत्य सहितका रोचक प्रतिभा प्रस्तुत गरेका थिए । रजत महोत्सव समारोह पूर्व विद्यालयबा निकालिएको ¥याली बेझाँड बजार परिक्रमा गरि समारोहमा परिणत भएको थियो ।

विद्यालयका सहायक प्रिन्सिपल कमल शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक हरि प्रसाद भट्टराई र राधिका क्षेत्रीले गर्नुभएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com