2

Logo २०८३ बैशाख १५ मंगलबार
योजना व्यबस्थित गुणस्तरीय बनाउन उपभोक्ता समितिलाई प्रशिक्षण

योजना व्यबस्थित गुणस्तरीय बनाउन उपभोक्ता समितिलाई प्रशिक्षण


Sabalnews प्रकाशित मिति : शनिबार, मंसिर १६ २०८०
372

रामपुर ।

पाल्पाको रामपुर नगरपालिकाले नगरबाट संचालित योजना व्यबस्थित र गुणस्तरीय बनाउन उपभोक्ता समितिलाई प्रशिक्षित गरेको छ ।

रामपुर नगरपालिकाको आयोजनामा उपभोक्ता समिति, टोल विकास सस्थालाई एक दिने प्रशिक्षणको आयोजना गरेको हो ।
वडा- वडामा पुगेर नगर र वडाबाट चलेका योजनाका उपभोक्ता र हरेक टोलका संयोजकलाई योजना आन्कलनदेखि फर्‍यौट सम्मका क्रमबद्ध जानकारी दिईएको हो ।

योजनामा उपभोक्ता समितिमा कोही पुरानो कोही पहिलोपटक बसेर काम गर्दै गरेको पनि हुनुहुन्छ काम व्यबस्थित बनाउन र अहिलेको मूल्याकंन र प्रक्रिया अनुसार काम गर्न तालिम दिएका हौ नगरप्रमुख रमण बहादुर थापाले भन्नुभयो ।

नगरका विभिन्न विकास निर्माणका कामलाई ब्यबस्थित र गुणस्तरीय बनाउने लक्ष्य अनुरूप गुणस्तरीय विकास निर्माणमा उपभोक्ता समितिको भुमिका हुने हुँदा सबै वडामा प्रशिक्षण दिएका हौ- नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले भन्नुभयो । वडा नम्बर ५ मा चलेको तालिम सहजीकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत पण्डितले टोल विकास सस्था र उपभोक्ता समिति विकासका लागि सरकारका सहयात्री र सारथि भएको बताउनुभयो ।

कुनै पनि विकास आयोजनाको सफलतामा महत्त्वपूर्ण भुमिका उपभोक्ता समितिको रहने हुँदा निर्दिष्ट गुणस्तर कायम गर्न सचेत र प्रभाबकारी भुमिकाका लागि प्रशिक्षण आयोजना गरिएको नगरपालिकाका योजना शाखा प्रमुख बिक्रम बस्नेतले बताउनुभयो ।

कतिपय विकास आयोजना निर्माण कम्पनी र कहिलेकाही उपभोक्ता समितिको लापरबाहीका कारण अलपत्र परेको सुनिने/ देखिने भएकोले गुणस्तर साथै आबश्यक सीप वृद्धिका लागि नगरले प्राबिधिक तालिम आयोजना गरेको हो ।

उपभोक्ता समितिले आफ्नो काम र जिम्मेवारीलाई प्रभाबकारी बनाउन सके गुनासो नआउने र जनताले समयमै विकासको अनुभुति र सेवा पाउने रामपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताउनुभयो ।

प्राबिधिक प्रमुख रन्जन न्यौपानेले प्राबिधिक मुल्यांकन कै आधारमा निर्माण सम्पन्न गर्न र गुणस्तर कायम राख्न योजनाको आवश्यकता छनौट देखि निर्माण सम्पन्न पश्चात् फर्‍यौट सम्मका सबै प्रक्रिया कागजात बारे तालिममा जानकारी गराईएको बताउनुभयो ।

निष्पक्षता र पारदर्शीतामा समितिहरूले ध्यानदिनु पर्नेमा तालिममा सहभागीले जोड दिएका छन् । तालिममा वडाका उपभोक्ता समितिका अध्यक्ष, सचिव तथा टोल विकास सस्था र सरोकारवालाको सहभागिता रहेको थियो । रामपुर नगरपालिकाले नगरका सबै १० वडामा तालिम चलाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com