2

Logo २०८३ बैशाख १४ सोमबार
हिंसा विरुद्धको सचेतना कार्यक्रम बगनासकालीमा सम्पन्न

हिंसा विरुद्धको सचेतना कार्यक्रम बगनासकालीमा सम्पन्न


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर १५ २०८०
365

पाल्पा ।

बगनासकाली गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बालमैत्री घोषणा भएको नमूना गाउँपालिका रहे पनि पूर्ण रूपमा अझैसम्म बाल विवाह निर्मुल पार्न नसकिएको बताउदै न्यूनीकरणमा लागि प्रयास गरिएको बताउनुभयो । उहाँले बजेट र नीति निर्माणमा महिलाको अर्थपूर्ण सहभागी बनाउदै आएको जानकारी समेत गराउन्भयो । वडा तहबाट नै लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रमलाई निरन्तर गर्नुपर्नेमा अध्यक्ष चिदीको जोड थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले लैङ्गिक हिंसा अन्त्यका लागि गाउँपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गर्नुका साथै आवश्यक बजेटको व्यवस्था गर्दै आएको बताउनुभयो । सचेतनाका कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा उपाध्यक्ष पाठकको जोड थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले सहजीकरण गर्दै जस्तो सुकै काम गरे पनि आलोचना हुने बताउदै समानता भन्दा पनि समतामा ध्यान दिनुपर्ने बताउनुभयो । पछिल्लो समय मानसिक हिंसा बढेको बताउदै पुरुषमाथी हुने हिंसा पनि बढिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा हिंसाका प्रकार, हिंसा हुने कारण, प्रहरीसम्म पुग्ने प्रक्रिया, कानुनी प्रावधान तथा व्यवस्था लगायतका विषयमा प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो । पाल्पामा सबैभन्दा बढी घरेलु हिंसा र जवर जस्ती करणीका घटना दर्ता भएको जानकारी गराउदै चालु आर्थिक वर्षमा मात्रै घरेलु हिंसाका ३३ वटा निवेदन जिल्ला प्रहरी कार्यालय पाल्पामा दर्ता भएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहजीकरण सामाजिक श्रोत विकास केन्द्र पाल्पाका प्रमुख चोपलाल गिरी, लेखा अधिकृत कोशलराज पौडेल, कार्यपालिका सदस्य गिता रेग्मीलगायतले प्रायः जसो घरभित्र हुने हिंसा महिलाबाट महिलामाथी हुँदै आएको बताउनुभयो । उहाँहरुले गाउँपालिकाले महिला हिंसा न्यूनीकरणका लागि महिलालाइ आर्थिक रुपमा बलियो बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बगनासकाली गाउँ पालिकाका जनप्रतिनिधि, महिला संजालका सदस्य, सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्वता “ भन्ने नाराका साथ नोभेम्बर २५ देखि सुरु भएको छ । डिसेम्बर १० गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका स्थानीय तहहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइरहेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com