नेपाल संवत११४४ को भव्य स्वागत, पाल्पामा पनि निकालियो र्याली
काठमाडौँ ।
मौलिक नेपाल संवतको नयाँ वर्ष ११४४ विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ।
चान्द्रमासअनुसार प्रचलनमा रहेको नेपाल संवत राजधानी सहित बिहान सूर्योदयसँगै भव्य स्वागत गरिएको छ।
काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, सहित पाल्पा, साँखु, धुलिखेल, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्याली निकालिएको हो।
यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गरेका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको हो ।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट नेपाल संवत सुरु भएको थियो। पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा नेपाल संवत चलेको थियो।लिच्छविकालअघि शक संवत प्रचलनमा थियो।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो।
गरिब जनताको ऋण मोचन गराई नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको हो।
विसं २०६५ मा सरकारले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिएको थियो। कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरवात गर्ने परम्परासमेत काठमाडौँमा छ।
सरकारले आजैदेखि सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ।
नेपाल सम्बत राष्ट्रिय सम्बत, नेपाल सम्वत देशको मौलिक सम्बतको अबसरमा पाल्पाको रामपुरमा नेवा देयदबु नगर कार्यसमितिले नेपाल सम्बत ११४४ नया बर्षको भव्य स्वागत गरेको छ ।
नेवारी पोषाकमा सजिएर बजार परिक्रमा गरि बेझाडमा चोकमा आयोजित कार्यक्रम जम्मा भएर नेपाल सम्बत तथा सन्खधर साख्खाको बारेमा चर्चा गरेका थिए । नेपाल सरकारले सरकारी कागजातमा नेपाल संवत उल्लेख गर्ने निर्णयको खुलेर स्वागत गरेका छन् ।