2

Logo २०८३ बैशाख १३ आइतबार
सातौं मण्डली कप–२०८० को उपाधी निस्दी खेलकुद विकास समितिलाई

सातौं मण्डली कप–२०८० को उपाधी निस्दी खेलकुद विकास समितिलाई


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक २६ २०८०
407

पाल्पा ।

जिल्लाको पूर्वखोला गाउँपालिका–१ सिलुवामा सम्पन्न ‘सातौं मण्डली कप–२०८०’ को उपाधी निस्दी खेलकुद विकास समितिले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लव रुपन्देहीलाई ३ र २ सेटले पराजित गर्दै निस्दीले उपाधी जित्न सफल भएको हो ।

फाइनल खेलमा पहिलो सेट मणिमुकुन्दले २७ र२५ अंक सहित जितेको थियो । दोस्रो सेट र तेस्रो सेट निस्दीले २५ र १८ र २५ र २३ अंक सहित लिन सफल भएको थियो । चौथो सेन २५ र१८ अंक सहित जित्दै मण्मिुकुन्दले खेललाई बराबरीमा ल्याएको थियो । पाँचौं सेटको खेलमा १५र११ अंक सहित जित निकाल्दै निस्दी भलिबल क्लवले सातौ संस्करणको मण्डली कपको उपाधी जित्न सफल भएको हो । मण्डली स्पोर्ट क्लवको आयोजना र पूर्वखोला गाउँपालिकाको सहआयोजनामा कार्तिक २२ गते देखि सिलुवा खेल मैदानमा भएको प्रतियोगितामा मणिमुकुन्दले द्वितीय स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा तृतिय जिएम समाज कावासोती नवलपुर र सान्तवना आयोजक मण्डली स्पोर्टस् क्लव भएको छ । तृतीय स्थान छनौटको लागि भएको खेलमा ३/२ सेटले पराजित गर्दै जिएम समाज तृतिय भएको हो । पहिलो र तेस्रो सेट मण्डली स्पोर्टसले २५र१५ र २६र२१ सहित हात पारेको थियो । अन्तत दोस्रो, चौथो र पाँचौं सेट २६र२४, २५र२१ र १५र६ अंक सहित जित निकाल्न सफल भएको हो । ‘सातौं मण्डली कप–२०८०’ खेलकुद तथा साँस्कृतिक महोत्सव अन्तर्गत भएको प्रतियोगिता विजयी प्रथम, द्वितिय, तृतिय र सान्तवना समुहले क्रमश नगद १ लाख १२ हजार २ सय ३३ रुपैयाँ, ७५ हजार ५ सय ५५ रुपैयाँ , ५१ हजार १ सय ११ रुपैयाँ र २५ हजार ५ सय ५५रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र हात पारेको छ ।

१० भलिबल क्लवको उपस्थिती रहेको प्रतियोगितामा वेष्ट प्लेयर निस्दी खेलकुद विकास समितिका हिमाल सुनारी, वेष्ट सर्भर मणीमुकुन्द भलिबल क्लवका अमृत केसी, वेष्ट डिफेन्डर निस्दीका कुञ्जन शाही ठकुरी, वेष्ट सेटर मण्डली स्पोर्टस् क्लवका सुदिप राना, वेष्ट स्पाईकर जिएम समाजका मिलन चन्द ठकुरी, वेष्ट ब्लकर जिएम समाजका सुमन राना भएका छन् ।

विजयी समुहलाई सांस्कृतिक कार्यक्रम संगै पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण गर्दै प्रतिनिधि सभा सदस्य नारायण आचार्यले मण्डली स्पोर्ट क्लवले आयोजनामा भएको प्रतियोगिताले खेलप्रतिको आकर्षण झल्काएको बताउनुभयो । क्षेत्र नं। १ मा खेलकुदको लागी पर्याप्त पूर्वाधार नरहेको भन्दै यसका पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले गाउँपालिकाले खेलकुदको विकासका लागि काआफ्नो स्रोत र साधनले भ्याए सम्मको प्रयास गर्दै आएको बताउनुभयो । जापानिज नागरिक समाजसेवी काजुमासा काकिमी ओके बाजेले प्रतियोगिताले उत्साह थपेको बताउनुभयो ।

सांस्कृतिक कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, लोकदोहोरी गायिका प्रिति आले लगाएतको प्रस्तुति रहेको थियो । स्थानीय खेल प्रतिभाको उजागर गर्दै खेलकुदको माध्यम मार्फत चिनाउन तथा मौलिक कला र संस्कृतिको जगेर्नाका लागि हरेक वर्ष प्रतियोगिता गर्दै आएको मण्डली स्पोर्टस् क्लवका अध्यक्ष अन्त प्रसाद श्रेष्ठले बताउनुभयो । क्लवका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम पूर्वखोला भलिबल संघका सचिव नविन आचार्यको स्वागत र क्लवका सचिव कृष्ण प्रसाद पंगेनीको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com