2

Logo २०८३ बैशाख १५ मंगलबार
सामुदायिक रेडियो रामपुर पाल्पाले १५ औं बार्षिक उत्सव मनायो

सामुदायिक रेडियो रामपुर पाल्पाले १५ औं बार्षिक उत्सव मनायो


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक २६ २०८०
883

पाल्पा ।

पाल्पाको रामपुरमा समुदायबाट सञ्चालित सामुदायिक रेडियो रामपुरको १५ औं बार्षिक उत्सव  शुभकामना आदानप्रदान गरेर मनाइएको छ । सामुदायिक रेडियो रामपुर संचालक समितिका अध्यक्ष ऋषिराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिका वडानम्बर ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोख्रेलले सामुदायिक रेडियोको विकासमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले संचार जस्तो महत्वपूर्ण क्षेत्रको समृद्धिका लागि यो वा त्यो नेतृत्व भएर फरक नपर्ने उल्लेख गर्दै सबै दलको एकताले नै विकास सम्भव हुनेमा जोड दिनुभयो । वडाअध्यक्ष पोख्रेलले विभिन्न सामाजिक संजालको विकृतीले समाजमा विभिन्न खालका गलत कुराको प्रचार भइरहदाँ रेडियो नै सहि सुचनाको संवाहक भएको बताउनुभएको छ । सामुदायिक रेडियोलाइ अगाडि लैजाने कुरामा आफु सधै लागिरहने भन्दै वडा र नगरबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

रेडियो संचालक समितिका पदाधिकारी,कालीगण्डकी सामुदायिक विकासकेन्द्रका पदाधिकारी, रेडियोका पूर्व तथा बर्तमान समितका पदाधिकारी,विभिन्न राजनितिक दलका प्रमुख प्रतिनिधी विशिष्ठ आजिवन सदस्य, आजिवन सदस्य, सुवेच्छुक सहभागी कार्यक्रममा रेडियोका रेडियो संचालक समितिका अध्यक्ष ऋषिराम भट्टराईले अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो । रेडियोका निमित्त स्टेशन प्रवन्धक सिर्जना घिमिरेले स्टेशन प्रवन्धकको प्रतिवेदन पेश गर्नुभयो ।

रेडियो संचालक समितिका उपाध्यक्ष रामप्रसाद खत्रीको स्वागतबाट शुरु भएको कार्यक्रममा रेडियो संचालक समितीका उपाध्यक्ष हमिद अलि मियाँले धन्यवाद दिनुभएको थियो भने कोषाध्यक्ष छायाँचन्द्र पंगेनीले कोषाध्यक्षको प्रतिवेदन तथा बजार व्यवस्थापक शोभाकान्त पाठकले आर्थिक आयव्यय सार्वजनिक गर्नुभएको थियो ।

रेडियोले बार्षिकउत्सवको अवसरमा आज बिहान शुभकामना आदानप्रदान चियापान गरेको हो । कार्यक्रममा रामपुर नगरपालिका वडानम्बर ५ का निवर्तमान वडाअध्यक्ष हिमाल मल्ल, कालीगण्डकी सामुदायिक विकासकेन्द्रका अध्यक्ष देवेन्द्रप्रसाद पोखरेल, नेपाली काग्रेस नगर सभापति नेत्रप्रसाद भट्टराई , नेकपा एमाले नगरकमिटि अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्रका नगरकमिटि अध्यक्ष यमबहादुर सुनार, नेकपा एकिकृत समाजवादी नगरकमिटि अध्यक्ष फडेश्वर गौतम,  रेडियोका संस्थापक स्टेशन प्रवन्धक सुकदेव पोख्रेल, रेडियो संचालक समितीका पूर्व उपाध्यक्ष हुमनाथ न्यौपाने, रेडियोका आजिवन सदस्य सीता डोटेल, कालीगण्डकी सामुदायिक विकास केन्द्रका उपाध्यक्ष एकराज अर्याल, रेडियोका कर्मचारी रमादेवी अर्याल भण्डारी, रेडियो प्रतिनिधी दामोदर तिमिल्सेना लगायतले शुभकामना दिनुभएको थियो ।

२०६३ सालमा इजाजत प्राप्त गरेको रेडियोले २०६५ साल कात्तिक २६ गते अपरान्ह ४ बजेदेखी परिक्षण प्रसारण शुरु गरेको हो । २०६६ साल पुष २८ गते विधिवत् उद्घाटन गरेको रेडियो अहिले बिहान ५ बजेदेखी बेलुका सवाँ १० बजेसम्म प्रसारण हुन्छ । रेडियोमा अहिले करिब साढे ८ सयको हाराहारीमा आजिवन तथा विशिष्ठ आजिवन सदस्य आवद्ध रहनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com