2

Logo २०८३ बैशाख १५ मंगलबार
पाल्पामा डुबेर एक युवाको मृत्यु,एक घाइते

पाल्पामा डुबेर एक युवाको मृत्यु,एक घाइते


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक २१ २०८०
309

पाल्पा ।

पाल्पामा एक जना युवाको डुबेर मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका ३ स्थित भुतखोलामा डुबेर रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका ९ का २२ वर्षीय विमल आचार्यको मृत्यु भएको हो । यस्तै सोही स्थानका २६ वर्षीया युना दाहाल गम्भीर घाइते छन् ।

मङ्गलबार बिहान साढे १० बजेतिर रुपन्देहीबाट पाल्पातर्फ घुम्न आएका दुबैजनालाई भुतखोलामा डुबेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले उद्दार गरेका थिए । उद्दारपछि दुबैजनालाई उपचारको लागि बुटवलस्थित बुटवल अस्पतालमा पठाइएको थियो ।

अस्पताल पु¥याएपछि आचार्यलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com