2

Logo २०८३ बैशाख १३ आइतबार
देश भुकम्पको शोकमा रहेको भन्दै राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

देश भुकम्पको शोकमा रहेको भन्दै राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक २० २०८०
981

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ। राष्ट्रपति पौडेल यही कार्तिक २२ गते फ्रान्स, जर्मनी र इटलीको भ्रमणका लागि निस्कने कार्यक्रम थियो।

भुकम्पका कारण देश शोकमा डुबेका बेला राष्ट्रपति विदेश भ्रमणमा जान नहुने भन्दै चौतर्फी आवाज उठिरहेका बेला पौडेलको परामर्शबाट कार्यक्रम स्थगित भएको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपतिको युरोप भ्रमण तत्कालका लागि स्थगित गरिएको हो ।

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन जाने र त्यसपश्चात जर्मनी र इटालीको भ्रमणमा जाने कार्यक्रम तय भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com