2

Logo २०८३ बैशाख १३ आइतबार
पालिकाले अनुदानमा तरकारी र प्याजको बिरुवा वितरण गर्दै

पालिकाले अनुदानमा तरकारी र प्याजको बिरुवा वितरण गर्दै


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक १७ २०८०
1.4K

पाल्पा ।

रामपुर नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा तरकारी तथा प्याजको विरुवा वितरण गरेको छ ।

अहिले तरकारी लगाउने सिजन शुरु भएसंगै नगरपालिकाले नगरको टनेलमा उमारेको बिरुवा मागको आधारमा किसानलाई दिदै आएको छ ।

नगरपालिकाले कृषि तथा पशु बिकास सेवा कार्यालय रहेको क्षेत्रफल वरिपरि काउली, ब्रो काउली, बन्दा र प्याजका बिरुवा रोपेको थियो । प्रचलित बजार मूल्यको ५० प्रतिशत अनुदानमा एभरेष्ट ग्रीन जातको ब्रोकाउली, सुपर ह्वाईट टप जातको काउली, ग्रीन टप बन्दा, रेड क्रियोल र नासिक– ५३ जातको प्याजको वेर्ना कृषकहरुलाई वितरण गरेको नगरपालिकाका प्रमुुुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो ।

नगरपालिकाले ब्रोकाउली प्रति वेर्ना ३ रुपैयाँ, काउली र वन्दा २ रुपैयाँ ५० पैशामा वितरण गरेको छ । प्याजको बिरुवा  बितरणको तयारीमा छ  ।  प्याजको वेर्ना १ रुपैयाँको १० वटाका दरले वितरण गर्नेछ । पहिलो दिन सोमबार ब्रोकाउली  २ हजार ३ सय १ , काउली २ हजार ६ सय ८९ र वन्दा २ हजार ६ सय ५५ गरी जम्मा ७ हजार ६ सय ४५ वटा बिरुवा वितरण गरेको पण्डितले बताउनुभयो ।

कृषकहरुलाई राहत र प्रोत्सहनका लागि अनुदानमा वेर्ना वितरण गरिएको हो । उहाँले तरकारी खेतिमा कृषकहरुलाई आकर्षित गरि उत्पादनमा वृद्धि संगै नगरलाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषकहरुको माग र आवश्यकताका आधारमा नगरपालिकाले वेर्ना अनुदानमा वितरण गरेको हो ।साथै वेर्नाको सही सदुपयोग र हेरचाह गरी राम्रो उत्पादनका लागि ध्यान दिन कृषकहरुलाई आग्रह समेत गर्नु भएको छ । नगरपालिकाले अहिले करिब ४० हजार ब्रोकाउली, काउली र बन्दाको वेर्ना वितरण गर्नेछ ।

कृषकहरुको मागको आधारमा यही कार्तिक १८ गते सम्म अनुदानमा वेर्ना वितरण गरिने रामपुर नगरपालिका कृषि शाखाका जेटिए युवराज नेपालीले बताउनुभयो । माग गर्न सकिने वेर्नाको परिमाण कृषकले लगाउने क्षेत्रको आधारमा उपलब्ध गराईएकाले वेर्ना आवश्यक पर्ने कृषकले समयमै कृषि शाखामा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ । नगरपालिकाले प्याजको वेर्ना भने आगामी कार्तिक २० गते देखि मात्रै कृषकहरुलाई वितरण गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com