हेलिकप्टर दुर्घटनामा घाइते मनाङ एयरका पाइलट सेढाईंको निधन
काठमाण्डौ ।
हेलिकप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा निधन भएको छ।
गएको असोज २७ गते हेलिकप्टर दुर्घटनामा परि गम्भिर घाईते उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका भई रहेको थियो। उपचारको क्रममा हिजो निधन भएको मनाङ एयरले जनाएको छ।
सेढाईले चलाएको हेलिकोप्टर गत असोज २७ गते बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटना भएको थियो।
दुर्घटनामा परी पाइलट सेढाईं गम्भीर घाइते भएका थिए। सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहा उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो।