2

Logo २०८३ बैशाख १४ सोमबार
ताप्लेजुङ्ग सेवा समाज युएईको तेस्रो अधिवेसनबाट नयाँ नेतृत्व चयन

ताप्लेजुङ्ग सेवा समाज युएईको तेस्रो अधिवेसनबाट नयाँ नेतृत्व चयन


Sabalnews प्रकाशित मिति : मंगलबार, असोज ३० २०८०
1.9K

युएई ।

ताप्लेजुङ्ग सेवा समाज युएईको तेस्रो अधिवेसनबाट पुन: लोकेन्द्र पालुङ्वा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

लोकेन्द्र पालुङ्वाको अध्यक्षतामा गठित सन् २०२३–०२५ कार्यकालको नया कार्यसमितिको प्रथम उपाध्यक्षमा मिलन थेबे, द्वितीय उपाध्यक्षमा निर्मला कार्की, महासचिब बुद्ध लिङ्देन, कोषाध्यक्ष रस्ना लिम्बु (सिता देबी), सचिब राज खिम्दिङ्ग, सह-सचिब खगेन्द्र अधिकारी, सह-कोषाध्यक्ष – नन्द कुमार यक्सो निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी बिरु पालुङ्वा ( डिक बहादुर), कृष्ण कुमार मेन्याङ्बो , मिना लिम्बु , जमुना यक्सो , पोबो थेबे छिरिङ्ग शेर्पा, चुङ्ला शेर्पा, सन्तोष माङ्देन, सिता दाहाल, बिबेक लिम्बु, सबिता नाल्बो समिति सदस्यमा निर्वाचित हुनुभएको छ ।

अधिवेसनको उद्घाटन गर्नुहुदै नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्यालले नेपालीहरुको बिभिन्न समाजले आफ्नो जन्मस्थान र समुदायको हितको लागि राम्रा काम गरेको बताउदै नेपालीहरुको हितमा नेपाली समाज दृढ भएको उभिएको बताउनुभयो । जनजाति महासंघ युएईका अध्यक्ष विक्रम पनधाक लिम्बुले अधिवेसनको शुभकामना दिदै प्रबास नेपाली संघ सस्थाको महत्व, समस्याहरुमा सहकार्य र ताप्लेजुंग समाज युएईको कार्यहरु प्रति आफ्नो -आफ्नो सल्लाह सुझाब राख्नु भएको थियो ।

सुनसरी समाजका युएईका अध्यक्ष सुरेन्द्र लामा,
नवलपुर सेवा समाज युएईका अध्यक्ष समपथ थापा, संघिय लिम्बुवान सामाजिक मञ्च युएईका महासचिब भीमा लिम्बु, किराँत याक्थुङ चुम्लुङ यूएईका महासचिब मनिषा लिम्बु, सनातन गौ संरक्षण यूएईका अध्यक्ष रमा न्यौपाने पंन्तले अधिवेसनको शुभकामना दिनुभएको थियो ।

सस्थाका महासचिव बुद्ध लिङ्गदेन कार्य प्रतिवेदन, कोषाध्यक्ष रस्ना लिम्बुले पेस गर्नुभएको आर्थिक प्रतिवेदन पास भएको छ । निर्वाचन संयोजक डम्बर लिबाङले नया कार्य समितिको घोषण गर्नुभएको हो ।
तत्कालिन समाजका अध्यक्ष लोकेन्द्र पालुङवाको  अध्यक्षता, बुद्द लिङ्देन र रस्ना लिम्बुको संचालन कार्यक्रम भएको हो ।

कार्यक्रममा कलाकारहरुले केलाङ, गीत, नृत्य लगायतको प्रस्तुतिले कार्यक्रम थप रोचक बनेको थियो । साथै केलाङ, गीत, नृत्य प्रस्तुत गर्नु हुने कलाकारहरुलाई समाजले मायाको चिनो वितरण गरेको थियो ।

यसै गरि समाजको स्थापन काल देखि नै आर्थिक र नैतिक रुपले प्रत्यक्ष, अप्रत्यक्ष रुपले सहयोगी भूमिका खेल्नु हुने समाजका पुर्ब संरक्षक, सल्लाहकार, पदाधिकारी र बिशेष आर्थिक सहयोगको भूमिका निर्वाह गर्नु हुने व्यक्तित्वलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com