2

Logo २०८३ बैशाख १३ आइतबार
करेसाबारीमा फुल्ने फुल व्यबसायिक बन्दै

करेसाबारीमा फुल्ने फुल व्यबसायिक बन्दै


सुमित्रा कंडेल प्रकाशित मिति : शनिबार, असोज २७ २०८०
841

पाल्पा ।

प्रायजसो करेसाबारी र आँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाउन सुरु भएको छ ।

विभिन्न कार्यक्रम र उत्सवमा फूल मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलको खेति सुरु हुन थालेको हो । पाल्पाको तानसेन नगरपालिका वडा नं. ७,८ र १० मा अहिले व्यावसायिक रुपमा फुल खेति गरिएको छ । रामपुर ४ का किसान दिल बहादुर थापाले व्यबसायिक फुलखेती गरेको ४ बर्ष भयो ।

तानसेन ८ का धुर्व भण्डारीले गतवर्षबाट व्यवसायिक रुपमा फूलखेती सुरू गर्नुभएको छ । फूलखेतीमा भण्डारीले एक लाख भन्दा धेरै लगानी गरिसक्नुभएको छ । अहिले एउटा मालाको मूल्य फूलको साइजअनुसार सय रुपैयाँदेखि १ सय ४० रुपैयाँसम्म कायम गरिएको छ । ‘उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन । आगामी वर्ष फूलखेती विस्तार गर्ने योजना छ ।’ भण्डारीले भने । सयपत्री फूल ढकमक्क फूलेका छन् । त्यसैले आज माहुरी र पुतली मात्रै होइन, त्यसको सुन्दरताले धेरैलाई लोभ्याउने गरेको छ ।
तिहार नजिकिएसँगै फूल खरिद, फूलको बगैँचा हेर्न, फोटो÷भिडियो खिच्न र टिकटक बनाउन आउने युवायुवतीको संख्या दैनिक बढ्दो छ । ‘अरु खेतीमा भन्दा फूलमा राम्रो आम्दानी हुँदो रहेछ त्यसैले अहिले पाल्पाका अन्य ठाउँमा पनि व्यवसायिक फूल खेती हुन थालेको छ ।’ उहाले भन्नुभयो। अहिले एक किलो फूलको मूल्य ५ सय रुपैयाँ कायम गरिएको छ ।

‘विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग उत्तिकै भएको हुँदा अहिले सबै फूल स्थानीय बजारमै खपत गर्ने योजना छ,’ उहाले भन्नुभयो। प्रत्येक वर्ष विदेशबाट आयात हुने लाखौँ मूल्य बराबरको प्लाष्टिकका माला र खादालाई विस्थापन गर्दै फूल खेतीलाई व्यावसायिक बनाउनुपर्ने उहाको भनाइ छ ।
तानसेन नगरपालिका वडा नं.१० तेल्घाका राम बहादुर कुमालले पनि ब्यवसायी फुलखेतीको सुरुवात गर्नुभएको छ । उहाँले बजारमा चाडपर्वको बेला कृत्रिम रबरका फुल तथा मालाले बजार कायम गरिरहेको अवस्थामा त्यस्ता फुललाई निरुत्साहित गर्न व्यवसायीक रुपमा फुल खेती गरेको बताउनुभयो । उहाँले फुलकै लागि लाखौँ पैसा बाहिर गईरहेको समयमा आफुले उत्पादन गरेको फुलहरुले बाहिरबाट भित्रिने कृत्रिम फुलमा आयत कमि हुने बताउनुभयो । पहिलो पटक ७ हजार सयपत्रीका बोटहरु रोपेकोमा अहिले ६ हजार जति बोटहरु रहेको कुमालले बताउनुभयो । उहाँले ८० हजारको लागतमा ६ रोपनी क्षेत्रफलमा फुलखेती गर्दै आउनुभएको छ। उत्पादन भएका फुलहरु पाल्पामा मात्र नभई बाहिर जिल्लामा पनि निर्यात गरेको उहाँको भनाई छ ।

पछिल्लो समय स्वदेशमा आफ्ना खेतबारी बाँझै राखेर विदेशीने युवायुवतीको संख्या ठूलो छ । जग्गा प्लटिङ गरिएको ठाउँमा र घडेरी किनेर बाँझै राख्नुभन्दा त्यो ठाउँमा ९० दिनमा तयार हुने फूलखेती गर्न सके त्यसबाट राम्रो फाइदा लिन सकिनेछ । यदि त्यसो हुन सकेको खण्डमा विदेशबाट हुने फूल आयात घट्ने देखिन्छ:उहाले भन्नुभयो”

अहिले पाल्पाको तानसेन,रामपुर, पुर्वखोला, बगनासकाली, रम्भा र माथागढीमा फूलखेती व्यवसाय खेति गरिएको छ ।नेपाल कृषि प्रदान देश भनिएता पनि स्थानिय सरकारले कुनै चासो दिन् नसकेको कृषकको गुनासो रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com