2

Logo २०८३ बैशाख १४ सोमबार
ज्योतिपुञ्ज कपमा मंगलबार २ खेल सम्पन्न, बुधबार को-को भिड्दैछ्न्?

ज्योतिपुञ्ज कपमा मंगलबार २ खेल सम्पन्न, बुधबार को-को भिड्दैछ्न्?


Sabalnews प्रकाशित मिति : बुधबार, असोज २४ २०८०
687

पाल्पा ।

पाल्पाको रामपुरमा जारी ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार दुई वटा खेल सम्पन्न भएको छ । पहिलो खेल चापाकोट युनाईटेड चापाकोट स्याङ्जा र युथ क्लव भिमाद बिच खेल भएको छ ।

खेलमा २/० गोलले युथ क्लव भिमाद विजयी भएको छ । खेलमा युथ क्लव भिमादका टिम क्याप्टेन विनोद घिमिरेले पहिलो आफको सुरुवाती ३ मिनेट मै गोल गरी अग्रता कायम राख्न सफल ब्यए ।  प्रतिस्पर्धात्मक रुपमा सञ्चालन भएको प्रतियोगिताको पहिलो हाफ १/० गोलमा सकिएको थियो । दोस्रो हाफमा भिमादका लागि विशाल गुरुङले २१ औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

दोस्रो खेलमा ट्राई ब्रेकरमा न्यू युथ युनियन क्लव तानसेनले जितेको छ । देवदह ब्वाईज देवदह नगरपालिका रुपन्देहीलाई ५/३ गोल अन्तरले पराजित गर्दै न्यू युथ युनियन तानसेनले  जित हासिल गरेको हो ।

त्यस्तै दोस्रो खेलमा देवदह ब्वाईज र न्यू युथ युनियन क्लव तानसेन विच कडा प्रतिस्पर्धा भएको थियो । दुवै टिम विच निकै प्रतिस्पर्धा भए पनि निर्धारित समयमा दुवै टिमले कुनै गोल गर्न सकेन । अन्तत खेलको निर्णय ट्राई ब्रेकर पेनाल्टी सुट आउट बाट गरिएको थियो । पेनाल्टीमा देवदहका तर्फ नीर थापाले हानेको पहिलो बल न्यू युथ युनाईटेडका गोलकिप्पर दिपेश थापाले रोक्न सफल भए । अन्तत सोही बल खेलको निर्णयक बन्न पुग्यो ।

पहिलो खेलमा युथ क्लव भिमादका टिम क्याप्टेन विनोद घिमिरे म्यान अफ दी म्याच हुन सफल भए भने दोस्रो खेलमा न्यू युथ युनियन क्लव तानसेनका गोल किप्पर दिपेश थापा भए । घिमिरेलाई ज्योतिपुञ्ज युवा क्लवका पूर्व अध्यक्ष तिर्थ प्रसाद पंगेनीले र परियारलाई कालीगण्डकी आँखा उपचार केन्द्रका प्रमुख भिमविश्व भट्टराईले पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगिता अन्तर्गत बुधबार पनि २ खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे रामपुर ज्योतिपुञ्ज रेड र फर्साटिकर युथ क्लव रुपन्देही बिच हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे युथ क्लव भिमाद र रामपुर ज्योतिपुञ्ज ह्वाईट विच हुने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो ।

प्रतियोगितामा रामपुर नगरबाट दुई क्लव सहित पाल्पा, रुपन्देही, स्याङ्जा, तनहुँ, नवलपुर र नवलपरासी गरी ६ जिल्लाका १० क्लवले सहभागीता रहेको छ । असोज २८ गते सम्म हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्नेछ । क्लवको २७ औं वार्षिक उत्सव एवं विजय दशमीको अवसरमा रामपुरलाई खेलकुदको माध्यम बाट चिनाउन तथा स्थानीय खेलाडीको उत्थानका लागि आयोजित प्रतियोगिताको समापन असोज २८ गने हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com