छिमेक लघुबित्तद्दारा वित्तिय साक्षरता कार्यक्रम
पाल्पा ।
छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेड रामपुर शाखा कार्यालयले एक दिने बित्तिय साक्षरता कार्यक्रम गरेको छ ।
रामपुर नगरपालिका ६ सातबिशेमा रहेको कृषि सहकारीको भवनमा भएको कार्यक्रममा सहभागीलाई बित्तीय सस्था, बित्तिय साक्षरताको विशेषता, सदस्यको आर्थिक अबस्था सुधार गर्न व्यावसायिक योजना र गर्न सकिने ब्यबसायका बिषयमा प्रष्ट पारिएको छिमेक लघुबित्तले जनाएको छ ।
कार्यक्रमको सहजीकरण गर्दै लघुबित्तका प्रदेश प्रमुख रामनाथ महतो र अनुगमन अधिकृत नेत्र बहादुर अधिकारीले बित्तिय सस्था र यसले जीवन यापनमा पारेको सकारात्मक भुमिकाका बारेमा जानकारी दिदै यसको आवाश्यकता, निरन्तरता, संगठित र नियमित क्रियाकलापमा जोड दिनुभएको थियो ।
त्यस्तै बचत गर्ने तरिका, रिन किन लिने र पैसा कसरी बचाउन सकिन्छ? रिन को सहि सदुपयोग र सदुपयोग नहुदा पाउने दु:खको विषयमा र छिमेकको अन्य सेवा सुबिधा बिषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम रामपुर शाखाका शाखा प्रबन्धक संकल्प लामिछाने को अध्यक्षतामा भएको हो । छिमेक लघुबित्त रामपुर शाखामा करिब ६ हजार सदस्य आबद्ध भई प्रत्यक्ष सुबिधा पाएका छन् ।