2

Logo २०८३ बैशाख १४ सोमबार
छिमेक लघुबित्तद्दारा वित्तिय साक्षरता कार्यक्रम

छिमेक लघुबित्तद्दारा वित्तिय साक्षरता कार्यक्रम


रमा भण्डारी प्रकाशित मिति : शुक्रबार, असोज १९ २०८०
449

पाल्पा ।

छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेड रामपुर शाखा कार्यालयले एक दिने बित्तिय साक्षरता कार्यक्रम गरेको छ ।

रामपुर नगरपालिका ६ सातबिशेमा रहेको कृषि सहकारीको भवनमा भएको कार्यक्रममा सहभागीलाई बित्तीय सस्था, बित्तिय साक्षरताको विशेषता, सदस्यको आर्थिक अबस्था सुधार गर्न व्यावसायिक योजना र गर्न सकिने ब्यबसायका  बिषयमा प्रष्ट पारिएको छिमेक लघुबित्तले जनाएको छ ।

कार्यक्रमको सहजीकरण गर्दै लघुबित्तका प्रदेश प्रमुख रामनाथ महतो र अनुगमन अधिकृत नेत्र बहादुर अधिकारीले बित्तिय सस्था र यसले जीवन यापनमा पारेको सकारात्मक भुमिकाका बारेमा जानकारी दिदै यसको आवाश्यकता, निरन्तरता, संगठित र नियमित क्रियाकलापमा जोड दिनुभएको थियो ।

त्यस्तै बचत गर्ने तरिका, रिन किन लिने र पैसा कसरी बचाउन सकिन्छ? रिन को सहि सदुपयोग र सदुपयोग नहुदा पाउने दु:खको विषयमा र छिमेकको अन्य सेवा सुबिधा बिषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रम रामपुर शाखाका शाखा प्रबन्धक संकल्प लामिछाने को अध्यक्षतामा भएको हो । छिमेक लघुबित्त रामपुर शाखामा करिब ६ हजार सदस्य आबद्ध भई प्रत्यक्ष सुबिधा पाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com