नेपाली समाज युएईले संचालन गरेको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
युएई ।
नेपाली समाज युएईले संचालन गरेको एक महिने नि:शुल्क स्वास्थ्य शिविर सकिएको छ।
दुबईको बरदुवईमा रहेको किम्सहेल्थ मेडिकल सेण्टर सँगको प्राविधिक र व्यबस्थापकीय सहयोगमा नेपाली समाज यूएईले नेपालीहरुलाई लक्षित गरि महिनाव्यापी स्वास्थ्य शिविर चलाएको थियो ।
युएईमा कार्यरत नेपाली समुदायका दाजु भाइ दिदीबहिनीलाई नियमित औषधि तथा स्वास्थ्य चेकअपको लागि सेप्टेम्बर दोस्रो साताबाट सुरु गरि अक्टोबरको पहिलो हप्तासम्म शिबिर चलाईएको नेपाली समाइ युएईका अध्यक्ष बेद प्रसाद अर्यालले जानकारी दिनुभयो । विशेष गरि बिदाको दिन पारेर नियमित चलेको शिविरबाट १ सय ५० जना भन्दा बढि नेपालीहरुले सेवा लिएको अर्यालले बताउनुभयो ।
घरदेखि कमाउनको लागि परदेशमा आउदा व्यस्त भएपनि यही व्यस्तताका बिच नेपालीको स्वास्थ्य, स्वस्थताबारे जानकारी लिन र भेटघाटलाई मुख्य प्राथमिकता दिदै नेपाली समाजले शिबिर चलाएको हो ।
बिमा नभएकाहरुको खण्डमा शिबिरले निकै ठूलो सहयोग गरेको नेपाली समाज युएईका महासचिव केदार कुवरले बताउनुभयो ।
नेपालिको लागि निकै महत्त्वपूर्ण स्वास्थ्य शिविर सफल पार्नका लागि साथ र सहयोग गर्ने, सहकार्य गर्ने किम्सहेल्थ मेडिकल सेन्टर व्यवस्थापन टिम र नेपालीहरुलाई अध्यक्ष अर्यालले धन्यवाद दिनुभएको छ ।