2

Logo २०८३ बैशाख १४ सोमबार
दशैको मुखमा खाना पकाउने ग्यास ह्वात्तै बढ्यो, पेट्रोलदेखि मट्टीतेलमा पनि वृद्धि

दशैको मुखमा खाना पकाउने ग्यास ह्वात्तै बढ्यो, पेट्रोलदेखि मट्टीतेलमा पनि वृद्धि


Sabalnews प्रकाशित मिति : आइतबार, असोज १४ २०८०
918

काठमाडौं ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएको जनाउदै निगमले मूल्य बढाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि भएको छ । प्रतिसिलिन्डर मूल्य २१५ रुपैयाँ बढेको छ । यसअघि १८९५ रुपैयाँ थियो । अब खाना पकाउने ग्यासको मुल्य २११० भएको छ । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

१५ दिनअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com