आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस रामपुर ३ मा स्वास्थ्य परिक्षण
पाल्पा ।
आज अक्टोबर १ तारिख अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । जेष्ठ नागरिक सम्बन्धि बिविध कार्यक्रम गरि देशभर दिवस मनाईएको छ ।
सोही अवसरमा वडा कार्यालय तिन रामपुर र वडा नम्बर तिन भित्रका स्वास्थ्य सस्थाको समन्वयमा टोल -टोलमा स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत यस महिनाको परिक्षण आज गरेको छ ।
वडा कार्यालयमा सहभागी साविक दर्छा गा.वि.स. ६ का जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गर्दै औषधि उपचार गरिएको हो । वडाका ४५ जना जेष्ठ नागरिकको स्वास्थ्य जाच तथा उपचार गरि उहाँहरुलाई सामान्य औषधि पनि दिइएको हो ।
वडा नम्बर ३ का वडाध्यक्ष दामोदर पाठकको अध्यक्षतामा कार्यक्रम भएको थियो । यहाँ हरेक महिनाको १ पटक टोल टोलमा यो कार्यक्रम सन्चालन गरिदै आइएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो ।
