दुबईको सिटी सेन्टरमा पहिलो नेपाली कपडा पसल
दुबई ।
युएईको दुबईस्थित सिन्धगा सिटी सेन्टर शोपिङ मलमा नेपालीको प्रत्यक्ष लगानीमा एउटा कपडा पसलको उद्घाटन भएको छ । उक्त मलमा नेपाली पसल पहिलो हो ।
पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने युएईमा नेपाली व्यवसायहरु ह्वाट्टै बढेको पाईन्छ । विदेशको भूमिमा पनि नेपाली हरेक प्रकारका भेषभूषा, खानपानका लागि रेष्टुरेण्टहरु, गेष्ट हाउस र ट्राभल्सहरु प्रशस्त रुपमा देख्न सकिन्छ । नेपाली बजारमा नेपालको कला संस्कृतिलाई उजागर गर्दै नेपाली कार्यरतहरुको चहलपहल बढ्न थालेका छन् ।
युएईकै मुटु मानिने दुबई शहर त्यसमाथि पनि बरदुबई नेपाली चोक, नेपाली गल्ली र नेपाली दोहोरी सांझको उत्तम संगम मिलेको छ । हरेक आईतबारे सार्वजनिक बिदाका दिन सबैको बरदुबईमा जमघट हुने कुनै नौलो कुरा रहेन । यस्तै घमघटले नेपाली व्यापार मौलाएको सहजै देख्न सकिन्छ ।
आज उद्घाटन भएको कपडा पसलका संचालक कृष्णप्रसाद पराजुली हुनुहुन्छ भने कार्यक्रमलाई औपचारिक रुपमा संचालन गर्ने नेपाल पत्रकार महासंघ युएई शाखाका पूर्व अध्यक्ष लक्ष्मण खनाल हुनुहुन्थ्यो । साथै खादा र पूजाआजामा बिमला भुसालले भूमिका खेल्नु भएको थियो ।
त्यसैगरी उद्घाटन समारोहका मुख्य व्यक्तित्वहरुमा एनआरएनएका अध्यक्ष बिकास शाही, नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल, युएईकै इतिहासमा अग्रज समाजसेवी तथा समाजका हिरो चन्द्रप्रसाद सापकोटा, बिजिनेश काउन्सिलका कोषाध्यक्ष तथा कुशल समाजसेवी एकेन्द्र थापा, सोही मलका मैनेजर नयनका साथ विभिन्न सामाजिक कार्यकताहरुको उपस्थितिमा रिवन काटेर उद्घाटन गरिएको थियो । उद्घाटन सकिए लगत्तै शुभकामना दिने र चिया चमेनाको शिलशिला चलेको थियो ।