2

Logo २०८३ बैशाख १४ सोमबार
आज इन्द्रजात्रा मनाइदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज इन्द्रजात्रा मनाइदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा


Sabalnews प्रकाशित मिति : बिहिबार, असोज ११ २०८०
1.2K

काठमाडौं ।

आज काठमाडौं उपत्यकाभर इन्द्र जात्रा पर्व मनाइँदैछ ।  सरकारले इन्द्र जात्राको अबसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुर सहित काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा शुरु हुन्छ ।

जात्रा अवधिभर थरिथरिका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ । बुधबार कुमारीको पूजा गरिएको थियो । इन्द्र जात्राको अन्तिम दिन असोज १५ गते राति ८ बजेर ३७ मिनेटको साइतमा लिङ्गो ढालेपछि जात्रा समाप्त हुन्छ ।

जात्राको मुख्य दिन आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com