2

Logo २०८३ बैशाख १५ मंगलबार
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ को मृत्यु

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ को मृत्यु


Sabalnews प्रकाशित मिति : सोमबार, असोज ८ २०८०
421

सल्यान ।

सल्यानमा जिप दुर्घटना हुुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्।

रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ। मृतक दुबै जना पुरुष हुन्। उनीहरूको सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन्। घाइतेको कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो। तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका प्रहरीको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com