2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा डेंगी संक्रमणबाट थप एकको ज्यान गयो

पाल्पामा डेंगी संक्रमणबाट थप एकको ज्यान गयो


Sabalnews प्रकाशित मिति : सोमबार, असोज ८ २०८०
428

पाल्पा ।

पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको उपचारको क्रममा डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

 तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा सारुको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीकाले बताउनुभयो । उनी असोज ५ गते मिसन अस्पतालमा भर्ना भएका थिए । उनलाई डेंगीका साथै स्क्रबटाइफस समेत पोजिटिभ भएको प्रमुख गिरीले बताउनुभयो । केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण सारुलाई परिवारले अस्पताल लगेका थिए ।

पाल्पामा डेंगी संक्रमणबाट यसअघि तानसेन नगरपालिका ६  बर्तुङकी ६९ वर्षीया महिला र स्याङ्जा गल्याङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । पाल्पामा हाल डेंगीबाट २ सय ८५ जना संक्रमित भएका छन् । जिल्लामा केही समय यता स्क्रबटाइफसका बिरामी समेत बढेका छन् । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म १ सय ८२ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले भने आफ्नोतर्फबाट डेंगु नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको बताएको छ । जनस्वास्थ्यका प्रमुख गिरीले डेंगु एक प्रकारको भाइरल इन्फेक्सन भएकोले पूर्णरुपमा नियन्त्रण नुहने हुँदा आफै सचेत रहन आग्रह गरेका छन् । डेंगुका लार्भाहरुको सर्च एण्ड डिस्ट्रोय गर्ने कार्य पनि भइरहेको र डेंगुको संक्रमण हो होइन पत्ता लगाउनका लागि जिल्लामा किट समेत अभाव रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com