2

Logo २०८३ बैशाख १३ आइतबार
नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा पाल्पामा आज भगवती जात्रा निकालिदै

नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा पाल्पामा आज भगवती जात्रा निकालिदै


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र २१ २०८०
792

पाल्पा ।

नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा पाल्पामा आज ऎतिहासिक भगवती जात्रा (रथयात्रा) निकालिदै छ। पाल्पामा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा गरिने परम्परा छ। आज लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा समेत दिएको छ ।

भगवतीको रथ तानसेन बजारका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । बिगत केही बर्ष कोरोना संक्रमणले भव्य हुन नसकेको रथ यसबर्ष भने तयारी सहित थप कार्यक्रम राखिएका छन् ।

भगवतीको महिमा र रथयात्रा अवलोकन गर्न मुख्यमन्त्री चौधरी बिहीबार पाल्पा आउने कार्यक्रम भएको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिनुभयो।

उहाँका अनुसार रथयात्राको प्रारम्भ साइत बिहीबार दिनको १२ः१५ देखि १२ः३० सम्म छ। श्री ७ रणउजिरेश्वरी भगवती रथजात्राको दिन पाल्पाबाट निर्वाचित सांसदहरू, विभिन्न सिलसिलामा पाल्पाबाट बसाइँसराइ गरेर गएका व्यक्तिहरू, स्थानीय तहका प्रमुखहरू, तानसेनवासी, स्कुल कलेजका शिक्षक, विद्यार्थी, क्लब तथा टोल विकास संस्थाका सदस्यहरूलगायतको उपस्थिति हुने व्यवस्थापन समितिले जनाएको छ।

यसअन्तर्गत झाँकी, नाच, सालैजो, पञ्चेबाजा, भजन कीर्तन प्रस्तुतिसँगै रथलाई तानसेन बजार परिक्रमा गराइन्छ। नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिरसिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेका हुन् ।

वि.सं. १८७१ देखि १८७२ सम्मको अङ्ग्रेजसँगको युद्धमा नेपाली सेनाले जितगढी किल्ला विजय गरेको थियो। यही किल्ला जितेको सम्झनामा वि.सं. १८७७ देखि तानसेनमा भगवती जात्रा विजयउत्सवको रूपमा मनाइँदै आइएको छ। भगवती जात्राको ऐतिहासिक र विशेष महत्व रहेको भन्दै लुम्बिनी प्रदेश सरकारले रथयात्राका दिन सार्वजनिक बिदा घोषणा गरेको छ। हिजो कृष्ण जन्माष्टमीका दिन भगवती मन्दिरमा रातभर रमाइलो गरिएको थियो । जागाराम बसेका युवाहरुले रथ घुमाउने परम्परा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com