2

Logo २०८३ बैशाख १३ आइतबार
अदुवाको उचित मूल्य पाएपछि किसान उत्साहित

अदुवाको उचित मूल्य पाएपछि किसान उत्साहित


सुमित्रा कंडेल प्रकाशित मिति : शुक्रबार, भाद्र ८ २०८०
9.7K

पाल्पा ।

पाल्पाको बगनासकाली गाउँपालिका २ का किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् ।

किसानले यसपालि अदुवा बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् ।पोहोर यहाँका किसानले बुढी अदुवा सरदर प्रतिकिलो २५ रुपैयाँमा बेचेका थिए । यस वर्ष चरणचरण गरेर प्रतिकिलो १४० रुपैयाँ देखि १६० रुपैयाँ सम्ममा बिक्री गरेका छन् । बेसार र अदुवा बाँदरले नखाने र उत्पादन समेत वृद्धि हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन् । चैत– वैशाखमा रोपिने अदुवाको बुढी साउन भदौमा निकालेर वेच्ने गरिन्छ ।

बगनासकाली गाउँपालिका २ पोखराथोकका सुमित्रा बरालिले ५ क्विन्टल बुढी अदुवा बिक्री गर्नुभएको छ।पोखराथोककै गिता रेग्मी ,कमला बस्यालले २/२ क्विन्टल अदुवा बिक्री गर्नुभएको छ। पोखराथोकका महिला समूह मिलेर सामुहिक रूपमा रोपेको अदुवाबाट पनि मनग्य आम्दानी गरेका छ्न।समुहगत रूपमा रोपेको अदुवाबाट २० क्विन्टल बुढी अदुवा बिक्री भएको समुहका अध्यक्ष समुहका अध्यक्ष पबित्रा मुडवरिले जानकारी दिनुभयो । पोखराथोकका महिला अदुवा कृषक समूह गठन गरी व्यवसायिक रुपमै लागेका छन् । यहाँका ४० बढी घरपरिवार अदुवा खेतीमा संलग्न छन् ।

यस वडामा रहेका कृषक समूहलाई कारितास नेपालको सहकार्यमा गाउँपालिकाको सबै सहयोग रहेको छ । २०७८ देखि सहयोग गर्दै आएपछि एउटै वडाबाट करीब ५ लाख बराबरको अदुवा विक्री भएको छ ।
स्थानीय सरकारले अदुवा भण्डार निर्माणमा सहयोग गरिदिए आफुहरुले उत्पादन गरेको अदुवा विग्रीन नपाउने र मूल्य समेत राम्रो पाउने किसानको भनाइ छ । उनीहरुलाई तालिम समेत दिएकाले व्यवसायिक रुपमा लाग्न प्रेरणा मिलेको किसान बताउछन् ।

अदुवामा किरा लाग्ने समस्या हुने र उत्पादनमा समेत बेला–बेलामा समस्या देखिने भएकाले स्थानीय सरकारले विषादी र माटो परीक्षणमा सहयोग गरिदिए राम्रो हुने उनिहरु बताउछन।
व्यवसायिक रुपमा कृषि गर्ने कृषकहरुका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने पालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com