2

Logo २०८३ बैशाख १३ आइतबार
मिसनले बिमा सेवा बन्द गरेपछि स्वास्थ्य बीमाबाट लाभान्वित हजारौं बिरामी मर्कामा

मिसनले बिमा सेवा बन्द गरेपछि स्वास्थ्य बीमाबाट लाभान्वित हजारौं बिरामी मर्कामा


सुमित्रा कंडेल प्रकाशित मिति : बिहिबार, साउन २५ २०८०
4.5K

पाल्पा ।

पाल्पाको युनाइटेड मिसन अस्पताल तानसेनले स्वास्थ्य बीमाका सेवा स्थगन गर्दा जिल्लाका बिरामी मारमा परेका छन् । बीमा उपचार वापत सरकारले दिनुपर्ने वक्यौता भुक्तानी नगरेका कारण अस्पतालले सेवा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै गत श्रावण २१ गते आइतबार देखि बीमा कार्यक्रम बन्द गरेको छ। यसले स्वास्थ्य बीमाबाट लाभान्वित हजारौं बिरामीहरु समस्यामा परेका छन् ।

गत वर्ष लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य बीमा सेवा बन्द गरेपछि मिसन अस्पतालमा बिरामीकाे चाप बढेकाे थियाे । पाल्पासँगै गुल्मी, स्याङ्जा र रुपन्देहीबाट दैनिक ५ सयदेखि एक हजार सम्म स्वास्थ्य बीमा गरेका नागरिक मिसन अस्पतालमा सेवा लिन आउँछन् ।

मिशन अस्पतालले २०७४ साल देखि शुरु गरेको स्वास्थ्य विमा उपचार सेवा २०८० साल साउन २१ गते देखी पूर्ण रुपमा बन्द गरेको जनाएको छ । अस्पतालले बीमा बोर्डबाट भुक्तानी लिन बाँकी रकम नपाएका कारण सेवा बन्द गरेको हाे । बीमाको रकम नपाएका कारण अस्पताल नै बन्द हुने अवस्था आएकोले बीमा कार्यक्रम बन्द गर्नुपरेको युनाइटेड मिसन अस्पताल पाल्पाका व्यवस्थापक जीवन भट्टराइले बताउनुभयो ।

अहिले मिसनले बीमा कार्यक्रम सञ्चालन सन्दर्भमा ३ वटा सर्तहरु अगाडि सारेको छ । “स्वास्थ्य सेवा कार्यक्रमको सेवाको दररेट समय अनुसार परिवर्तन हुनुपर्ने वा स्वास्थ्य बीमाबाट सोधभर्ना नहुने रकम बिरामीहरुबाट लिन पाउनुपर्ने, अस्पतालले स्वास्थ्य बीमा बोर्डमा दावी गरेका सबै रकम बिना सर्त भुक्तानी हुनुपर्ने,आगामी दिनहरुमा पनि अस्पतालले गरेको दाबीको रकम स्वीकृति भएको १५ दिनभित्रै भुक्तानी हुनुपर्ने माग अस्पतालको रहेको छ ।”

पाल्पाका ८५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा छन् । पाल्पामा दुई वटा सरकारी अस्पताल र दुई वटा प्राथमिक उपचार केन्द्रमा बीमा कार्यक्रम लागु गरिएको थियो । तर, दरबन्दी अनुसारका चिकित्सक, विषेशज्ञ सेवा, आवश्यक उपकरणको अभावका कारण सरकारी अस्पतालले मिसन अस्पताल रिफर गर्दै आएका थिए । अब मिसन अस्पतालले पनि सेवा बन्द गरेपछि नागरिक समस्यामा परेका हुन्। सरकारी अस्पताललाई व्यस्थित, सुरक्षित र भरपर्दो उपचार केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ सेवा सुरु गरेपनि गुणस्तरमा सुधार गर्न सकेका छैनन।

अस्पतालले यही अवस्थामा बीमा सञ्चालन गर्दा अस्पताल आर्थिक रुपमा धारासायी हुन पुगेको भन्दै अस्पताल बन्द गर्ने की बीमा बन्द गर्ने भन्ने बिषयसम्म आइपुगेको बिमा कार्यक्रम स्थगन गर्नुपुर्व पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com