2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पा सिद्दबाबामा पहिरोले जिप च्याप्दा ३ घाइते

पाल्पा सिद्दबाबामा पहिरोले जिप च्याप्दा ३ घाइते


Sabalnews प्रकाशित मिति : सोमबार, साउन २२ २०८०
1.9K

पाल्पा ।

पाल्पाको सिद्दबाबा क्षेत्र अन्तर्गत सिद्धार्थ राजमार्गमा आज बिहान पहिरोले गुडिरहेको जिपलाई च्याप्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपलाई एक्कासी माथिबाट झरेको पहिरोले च्याप्दा तीन जना घाइते भएका हुन् ।

जीपमा तानसेन नगरपालिका १४ अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, सुद्धोधन गाउँपालिका ४  रुपन्देहीका २४ वर्षीय चन्दन कार्की र नवलपुर विनयी त्रिवेणी७ का ३२ का विवेक कार्की सवार रहेको प्रहरीले जनाएको छ ।

घाइते तीन जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका ३  दोभान सिद्धबाबा नजिकै नाग मन्दिरको आइडमा माथिल्लो भागबाट ढुंगासहितको पहिरो खसेर जिप च्यापेको हो ।

पहिरोले केही समय अवरुद्ध राजमार्ग ढुंगा फालेर एकतर्फी खुलाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com