2

Logo २०८३ बैशाख १३ आइतबार
नवलपरासीमा चक्कु प्रहारबाट एक पुरुष घाईते

नवलपरासीमा चक्कु प्रहारबाट एक पुरुष घाईते


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन १८ २०८०
1.6K

नवलपरासी ।

नवलपरासी पाल्हिनन्दन गा.पा. २ भक्सिपुर स्थित हरपुर मा.वि. पछाडी रहेको रामजानकी मन्दिरका पुजारी जयसराज पाण्डे चक्कु प्रहारबाट घाइते भएका छन् ।

बिहिबार दिउसो साढे ३ बजे ५०/५५ बर्षका पाण्डेलाई अपरिचित व्यक्तिले टाउकोमा चक्कु प्रहार घाइते बनाएको नवलपरासी प्रहरीले जनाएको छ ।

 

बिगत २ बर्ष देखी पुजारीको काम गर्ने उनलाई अपरिचित व्यक्तिले टाउकोमा चक्कु प्रहार गरी घाइते बनाई मोबाइल लुटेर लगेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

घटनाको खबर पाए संगै स.प्र. बल नेपाल नं. २६ गण हे.क्वा. बेलासपुरबाट, प्रहरी नायव निरीक्षक पिंकल बि.क.को कमाण्डमा ३ जनाको टोली र ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक मेघनाथ चापाँगाईको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएका थिए । घटना लगत्तै घाईतेलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल परासीमा पठाईएको थियो । पाण्डेको अबस्था मध्यम रहेको बोल्न नसक्ने रहेको र चक्कु प्रहार गर्ने मानिसको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com