रामपुर नगरपालिकाद्धारा पसल व्यवसायको अनुगमन
पाल्पा ।
रामपुर नगरपालिकाले नगरको मुख्य बेझाड बजारको पसल व्यबसायको अनुगमन गरेको छ ।
आन्तरिक आय बढाउने उद्देश्यले बजार क्षेत्रका व्यवसाय तथा फर्मको दर्ता तथा नबिकरण र नियम संगत भए नभएको अनुगमन गरि करको दायरामा ल्याउन अनुगमन गरेको हो ।
टोलीले बजार क्षेत्रका ८७ वटा पसल तथा व्यवसायको अनुगमन गरेको उपप्रमुख बालकुमारी थस्पाले बताउनुभयो । उहाँले करको दायरामा व्यबसायीलाई ल्याउन आवश्यक कागजात हेरी सल्लाह सुझाव दिएको बताउनुभयो ।

अधिकांशले नगरपालिकामा व्यवसाय नविकरण नगरेको, केहीले दर्ता नगरेको, प्यान नं. नलिएको, घरभाडा सम्झौता नभएको, मूल्य सूची नराखेको, खरिद तथा विक्री विल नभएको पाईएको रामपुर नगरपालिकाका प्रशासन अधिकृत युवराज पन्थीले जानकारी दिनुभयो । अनुगमन टोलीले उनीहरुलाई साउन मसान्त भित्र दर्ता, नविकरण तथा अन्य प्रक्रिया पुरा गर्न निर्देशन दिएको पन्थीले बताउनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख थापाको संयोजकत्वको टोलीमा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, इलाका प्रहरी कार्यालय रामपुरका वरिष्ठ प्रहरी नायव निरीक्षक दल बहादुर बुढा, नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल, रामपुर नगरपालिकाका प्रेस सल्लाहाकार दान बहादुर हिस्की, रामपुर नगरपालिकाका आन्तरिक लेखा परीक्षक हृदयश पन्थी, प्रशासन शाखा अधिकृत युवराज पन्थी, सुचना तथा प्रविधि अधिकृत महेन्द्र श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो ।