2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाको मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम उपचार सेवा स्थगन गर्दै

पाल्पाको मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम उपचार सेवा स्थगन गर्दै


Sabalnews प्रकाशित मिति : शनिबार, साउन १३ २०८०
2.3K

पाल्पा ।

युनाइटेड मिसन अस्पताल तानसेन पाल्पाले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको उपचार सेवा स्थगित गर्ने भएको छ।अस्पताललाई आउनुपर्ने करोडौँ बक्यौता रकम स्वास्थ्या बीमा बोर्डले नतिरेको भन्दै सेवा स्थगित गर्न लागेको जनाएको छ।

आउदो साउन २१ गतेदेखि अस्पतालले बिमा कार्यक्रमको स्वास्थ्य सेवा स्थगित गर्न लागेको हो। १२ करोड ८३ लाख ४२ हजार ७७३ रुपैयाँ ८ पैसा बक्यौता रहेको अस्पताल प्रशासक जीवन भट्टराईले बताउनुभयो। यो तीन वर्षदेखिको बाँकी बक्यौता रकम हो ।

करिब १९ करोड मध्य गत असार मसान्तमा ५ करोड दिएको थियो । ७ करोड बराबरको मूल्यांकन भएकोमा २ करोड ५ लाख बिल भरपाई अस्वीकृत गरी रकम कटौती गरेको छ। अस्पतालले पाउनुपर्ने खर्च रकम मध्यको ३० प्रतिशत रकम कटौती भएको उहाँले बताउनुभयो ।यसरी अस्पतालले सबै उपचार पद्दतिका बिल भरपाई दिँदा समेत रकम कटौती गर्दा अस्पतालले नोक्सानी बेहोर्नु परेको भट्टराईले गुनासो गर्नुभयो ।

स्वास्थ्य बीमा बोर्डले समयमै भुक्तानी दिएको छैन । विना कारण दाबी गरिएका रकम अस्वीकृत गर्ने प्रवृतिले अस्पताल सञ्चालनमा समस्या भएको अस्पतालका निर्देशक डाक्टर रचेल कारखले बताउनुभयो। अस्पतालमा दैनिक आवश्यक पर्ने औषधि खरिद गर्न र कर्मचारीलाई तलब समेत दिन सक्ने अवस्था नभएको उहाँले बताउनुभयो ।

सरकारले अस्पतालको गुणस्तरलाई ख्याल गरेर सेवा बीमा सम्बन्धि सम्झौतालाई प्रभावकारी बनाउन माग गर्दै सरकारले नै तलब भत्ता दिएर सञ्चालन गरेको सरकारी अस्पताल जस्तो होइन। सबै खर्च अस्पताल आफैले ब्यहोर्नु परेको छ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार गरिएका रकम भुक्तानी दिन सरकारले आनाकानी गरिरहदा सरकारले ल्याएको स्वास्थ्यबीमा कार्यक्रम र अस्पतालको उद्देश्य मेल खाँदाखाँदै पनि सरकारले गरेको ब्यवहारका कारण स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न बाध्य भएको कारखले बताउनुभयो ।

मिसन अस्पतालले आर्थिक अभाव भएका, वेवारिसे, साहारा विहिन, अलपत्र अवस्थामा फेला परेका बिरामी मानिसको पनि उपचार गर्दै आएको छ। सामाजिक सेवाअन्तर्गत शाखाको सहयोगमा उनीहरूको निःशुल्क उपचार गरिरहेको छ ।

मिसन अस्पतालले २०७४ साल वैशाखदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यहाँ दैनिक ५ सय बढी बिरामीले सेवा लिने गरेका छन्।

पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, पर्वत, अर्घाखाँची, बागलुङ, लगायतका जिल्ला र छिमेकी देश भारतदेखि उपचार गर्न आउँछन्।

पाल्पामा रहेको अर्को लुम्बिनी मेडिकल कलेज प्रभासमा पनि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत यसअघि नै रोकिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com