नदीमा हामफाल्ने युवतीको खोजी कार्य जारी
स्याङ्जा ।
कालीगण्डकी नदीमा एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा चापाकोट नगरपालिका ७ गाम्रेछाप बस्ने कृष्ण दर्जीको छोरी १६ वर्षीय सजनी परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
स्याङ्जा र पाल्पा जोड्ने चापाकोट नगरपालिका ७ रामघाटस्थित झोलुङ्गे पुलबाट बुधबार दिउँसो उनले कालीगण्डकी नदीमा हामफालेको हो ।
बेपत्ता युवतीको प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।
प्रहरीले झोलुङ्गे पुलबाट परियारले लगाएको चप्पल फेला परेको र कारण अहिलेसम्म नखुलेको बताएको छ ।