2

Logo २०८३ बैशाख १४ सोमबार
वडाअध्यक्षको एक बर्षको सुविधा सामाजिक कार्यमा

वडाअध्यक्षको एक बर्षको सुविधा सामाजिक कार्यमा


Sabalnews प्रकाशित मिति : सोमबार, साउन ८ २०८०
6.1K

पाल्पा ।

पाल्पाको रभ्भा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ईश्वरी काफ्लेले आफुले गत बर्षमा राज्यबाट पाउनुभएको सुविधा वडाका विभिन्न सामाजिक संघसस्था र अशक्त परिवारमा दिनुभएको छ ।

युवा वडाध्यक्ष काफ्लेले आर्थिक बर्ष २०७९÷०८० सकिएलगत्तै आइतवार जनसमुदायसँग सेवकको स्नेहमिलन गर्दै आफुले १ बर्षको अवधिमा राज्यबाट पाएका भत्ता सेवा सुविधा वडाका विभिन्न संघसंस्थामा हस्तान्तरण गर्नुभएको हो । गत १ बर्षको सुविधा र दशैं सेवा गरि १३ महिनाको रकम र कार्यपालिका बैठकबाट प्राप्त नगद, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको कार्यक्रमबाट प्राप्त भत्ता रकम उहाँले हस्तान्तरण गर्नुभएको हो ।

१३ महिनाको कुल रकम ३ लाख ४४ हजार ५ सय २०, कार्यपालिका बैठक भत्ता २० हजार रुपँया र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको कार्यक्रम सहभागी भत्ता १२ हजार ५ सय रुपँया गरि करकट्टी जम्मा रकम ३ लाख ७७ हजार २० रुपैयाँ प्रदान गर्नुभयो । प्रावि तहलाई निशुल्क गराउनुपर्ने परिकल्पनामा सघाउ पुर्‍याउने उद्देश्यले जनकल्याण मावि १–५ तहलाई १ लाख रुपँया, मजुवा प्रा.वि.लाई ५१ हजार १ सय ११, कालीगण्डकी गुरुकुलम सञ्चालन तथा व्यवस्थापनमा ५१ हजार १ सय ११ रुपँया, हुँगी स्वास्थ्य चौकीबाट सञ्चालित एम्बुलेन्स मर्मतमा ९८ हजार, शारिरीक अपाङ्गता (फरक क्षमता) भएका सागर बोटेलाई व्हिल चेयर खरिदमा ९ हजार, पन्टार सार्वजनिक शौचालय हेरालुलाई ३ हजार ५ सय र वडा आपतकालिन कोषमा आपतकालिन अबस्थामा उपयोग गर्न सकिने गरि ६४ हजार रुपँया वडाध्यक्षको सेवा सुविधा वडाध्यक्षका वुवा र आमाले सम्बन्धितलाई हस्तान्तरण गर्नुभयो ।

५ बर्ष नितान्त सेवाभावमा नागरिकसँग रहने प्रतिबद्धता गर्नुभएका वडाध्यक्ष काफ्लेले यही मेसो पारेर जनसमुदायसँग सुझाब लिनुभएको हो । सहभागीले बर्षदिनमा गरेका काम, यसको उपलब्धि र वडाध्यक्षको फर्तिलोपना र गर्नपर्छ भन्ने भावले धेरै सकारात्मक काम भएको बताउदै आगामी बर्षहरुमा वडामा गर्नुपर्ने कार्यहरुबारे सुझाब दिनुभएको थियो । सुझाब तथा जिज्ञासा मेटाउदै वडाध्यक्ष काफ्लेले समुदायको सुझाव र हौसलाको सदैव अपेक्षा रहने बताउदै अभिभावकको सुझाब, साथीभाईहरुको साथ र हौसलाले समुदायमा काम गर्न झनै उत्प्रेरणा थप्ने बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com