2

Logo २०८३ बैशाख १३ आइतबार
कांग्रेस लुम्बिनीको सम्मेलन भाद्र महिनामा हुने

कांग्रेस लुम्बिनीको सम्मेलन भाद्र महिनामा हुने


Sabalnews प्रकाशित मिति : बुधबार, असार २० २०८०
1.7K

लुम्बिनी ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आफ्नो प्रदेश सम्मेलन आगामी भाद्र महिनामा गर्ने भएको छ ।

नेपाली कांग्रेस लुम्बिनी लुम्बिनी प्रदेशको भालुभाङमा बसेको बैठकले सम्मेलन लागि तयारी प्रारम्भ गर्ने निर्णय गरेको हो। सम्मेलनमा प्रदेेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवम सम्मेलन प्रतिनिधिहरूको सहभागिता हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताउनु भयो ।

कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सराकारलाई थप सशक्त र जनमुखी बनाउनको लागि जनभावना अनुरुप कार्यक्रम निर्माण र परिचालन गर्नको लागि सरकार र पार्टीविच समन्वयका साथ् अगाडी बढ्ने पनि कांग्रेस लुम्बिनीले बताएको छ । कांग्रेस लुम्बिनीले भात्री तथा शुभेच्छुक संस्थाहरूमा नियुक्तिका लागि सम्बन्धित तहका समिततिको सिफारिसमा मात्र गर्न पनि केन्द्रीय समितिलाई अपिल गरेको छ ।

प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापतिहरूलाई पार्टीको नीति र समयासमयिक राजनीतिको विषयमा प्रशिक्षण दिने निर्णय गरेको कांग्रेस लुम्बिनीले विभिन्न विभागहरूलाई पूर्णता दिदै ग्राउण्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com