2

Logo २०८३ बैशाख १३ आइतबार
स्याङ्जाको चापाकोटमा कृषि संकलन केन्द्र निर्माण

स्याङ्जाको चापाकोटमा कृषि संकलन केन्द्र निर्माण


Sabalnews प्रकाशित मिति : सोमबार, असार १८ २०८०
3.7K

स्याङ्जा ।

स्याङ्जाको चापाकोट नगरपालिकामा कृषि संकलन केन्द्रको भवन निर्माण भए संगै तरकारी तथा फलफुल संकलनले स्थानीय खुशी भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई स्याङ्जाको १३ लाख सहयोग चापाकोट वडा नं ८ घर्ती बगैँचामा संकलन केन्द्र बनेको हो ।

पछिल्लो समय चापाकोट नगरपालिकाले नगर सहित जिल्लाको दक्षिणी भेग कालीगण्डकी नदी समथर भागमा आँप र लिची उत्पादनलाई जोड दिदै आएको छ । फलफुल तथा तरकारीको संभावना भएको यस भेगमा किसानको उत्पादनलाई सामुहिक संकलन र बजारीकरणको लागि संकलन केन्द्र निर्माण गरिएको आँप/ लिची जोन कार्यक्रमका अध्यक्ष विश्वास पुरीले बताउनुभयो । दिगो र आगामी बर्षका लागि मध्यनजर गर्दै बनाइएको केन्द्रमा शौचालयसहितको भवन निर्माण गरिएको हो ।

चापाकोट नगरपालिकामा आँप र लिचीको विरुवा लगाउने किसानहरुको संख्या बढ्दो क्रममा रहेकोले कृषि उपज संकलन गर्ने उद्देश्यले भवन निर्माण गरिएको अध्यक्ष पुरीले जानकारी दिनुभयो ।

किसानहरुलाई आँप र लिचीमा आत्मनिर्भर बनाई निर्यात गर्ने उद्देश्यका साथ यसै आर्थिक वर्ष मात्रै चापाकोटमा आम्रपाली जातको १० हजार आँप र सिडलेस जातको ६ हजार लिचीको विरुवा वितरण गरिएको छ । माग अनुसार थप बिरुवा वितरण गर्ने तयारीमा पालिका छ ।

चापाकोट नगरपालिकामा मात्रै एक सयभन्दा बढी आँप र लिचीको विरुवा लगाउने किसानहरुका संख्या २ दर्जन बढी छ । दीर्घकालीन उद्देश्य लिएर निर्माण गरिएको कृषि भवनको नजिकै रहेको खाली ठाउँमा पार्क निर्माण कार्य अगाडि बढाइएको चापाकोट नगरपालिका ८ का वडा अध्यक्ष टोपलाल न्यौपाने (राजु) ले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाईले चापाकोट नगरपालिका र गल्याङ नगरपालिका १, २, ३, ९ र ११ वडामा गतवर्षबाट आँप र लिची जोन कार्यक्रम अगाडि बढाएको छ । किसान व्यवसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

व्यवसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन चापाकोट नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यान्वयन एकाई, स्याङ्जाको लागत सहभागितामा नगरभित्रका किसानहरुलाई गतवर्ष पचास प्रतिशत अनुदानमा आँप र लिचीको विरुवा वितरण गरेकोमा यसबर्ष निःशुल्क वितरण गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com